घरमा शौचालय नहुदा जेष्ठ नागरिक भत्ता रोक्का

नुवाकोट १८ बैशाख । गाविसलाइ खुल्ला दिशामुक्त गाविस बनाउन तुप्चे गाविसले नयाँ रणनिति अपनाएको छ । वैशाख महिनाभरीमा गाविसलाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको तुप्चे गाविसले घरमा चर्पि नबनाउने सर्वसाधारणलाइ गाविसको सेवा सुविधावाट बन्चित गराएको छ ।
जिल्लाकै पहिलो खुल्ला दिशामुक्त गाविस बनाउने अभियानमा जुटिरहँदा अभियान पुरा गराउन विभिन्न आचारसंहिता जारी समेत गरेको छ । तुप्चे गाविस वडा नं. १ का दिलबहादुर नेपाली र रत्न कुमारी नेपालीको घरमा शौचालय नभएपकै कारण दुवैको गाविसबाट लिँदै आएका जेष्ठ नागरिक भत्ता गाविसले रोकिएको छ । २०७० असोजसम्म भत्ता बुझेका दुवैको कात्तिकदेखिको भत्ता घरमा शौचालय नभएका कारण रोकिएको हो ।यस अघि शौचालय नहुँदा भत्ता रोकिएको तुप्चेकै लालवहादुर गुरूङ र सुकुमाया गुरूङको भत्ता शौचालय निर्माण पछि गाविसले हस्तान्तरण गरेको छ । यसरी गाविसले शौचालय नबनाउने तुप्चेबासीका लागि गाविसले नागरिकता सिफारिसदेखि व्यक्तिगत घटना दर्ता, मालपोत शुल्क बुझ्ने काम र योजना पाउने हकवाट समेत बञ्चित गरेको छ । चर्पि नबनाउनेहरको लागी कडाइका साथ आचारसंहिता लागु गरेपछि तुप्चेका १२ सय ७९ घरधुरी मध्ये पाँच घरमा मात्र शौचालय बन्न बाँकी छ । सन् २०१६ सम्म जिल्लालाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अभियान अन्र्तरगत तुप्चेलाई पहिलो गाविस घोषणा गर्ने भएपछि गाविसले प्रत्येक घरमा शौचालय निर्माणका लागि आचारसंहिता जारी गरेको हो ।
सरसफाई ऐन २०७० अनुसार जारी गरेको आचारसंहिता उलङ्घन गर्नेलाई पाँच सयदेखि १ लाखसम्म जरिवाना र तीन महिना कैद सजायका लागि सिफारिस गर्ने व्यवस्था गाविसले गरेको छ ।गाविसको आचारसंहिताका कारण पछिल्लो समय स्थानीयबासी शौचालय बनाउन बाध्य बनेको गाविस सचिव मुक्तिनाथ निरौलाले बताए ।  तुप्चे गाविसमा शौचालय नबनाउने अव पाँच घरमात्र छन् । तीनले पनि दुई सातामा बनाउने गाविस सचिव निरौलाले बताए ।

No comments:

Post a Comment