सुन चोरेको आरोपमा उत्तम पक्राउ

गोरखाको पालुङटार गाबिस वडा नं. ८ की दानमायाँ श्रेष्ठले कानमा लगाएको सुन चोरेको आरोपमा एकजना पक्राउ परेका छन्। आँपपिपल गाबिस घर भएका २९ वर्षिय उत्तम परियार सुन चोरेको आरोपमा पक्राउ परेका हुन्।
 
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार परियारलाई वडा नं. ९ को चारकुनेबाट पक्राउ गरेको बताइएको छ। श्रेष्ठले कानमा लगाएको ठूलो रिङ २ थान र सानो सिलमुन्द्री २ थान गरी सवा तोला सुन परियारले चोरेको इप्रका ठाँटीपोखरीका प्रहरी निरीक्षक द्वारिका घिमिरेले बताए।  परियारलाई पक्राउ गरी जिप्रका गोरखा ल्याइएको र थप अनुसन्धान अघि बढाएको उनले जानकारी दिए। आफूले बाटो बिराएर सुन चोरेको ओरोपी परियारले बताएका छन्। परियार दानमायाँको छोराको साथी हुन्। साभार: सेतो पाटी

No comments:

Post a Comment