भोक भोकै र प्यासप्यासै वनकट्टीका अग्नी पिडित

गोपाल शर्मा भट्टराई-दाङ २७ बैशाख । विदेश गएका श्रीमान घर फर्कीने खवरले दिलसरा सुनार धेरै खुसी थिइन् । उनी मात्रै हैन परिवारका सबै घरमा खुसी थिए । तर, श्रीमान घर नफर्कीदै ज्यान गुमाएको खवर आयो । सुनार संघै परिवारमा ठूलो वज्रपात पर्याे । यो पिडा सेलाउन नपाउदै सुनारलाई फेरी अर्काे ठूलै बज्रपात भयो घरमा आलागि भए पछि ।
‘वाच्ने आशा रतिभर छैन दैव पनि मेरै पछि लाग्यो , के भैरहेको छ, यो दैवले पनि हामी माथी के गरीरहेको छ’ दिलसराले भनिन् –‘अव कसको आशामा वाच्ने श्रीमानलाई दैवले लग्यो घरलाई आगोले खायो।’ आँखा ओभाएका छैनन् रुदा रुदा आँखा पनि सुन्नीएका छन् उनले रुदै भनिन् । शुक्रवार दिउसो राजपुर–९ वनकट्टी मा लागेको आगोले एउटा पुरै गाउँ जलेर खरानी भएको छ । गाउका सबै घर र सम्पती जलेर नष्ट भएको छ । गाउको झण्डै अढाइ करोड रुपैया वरावरको क्षति बेर्हाेर्नु परेको छ राजपुर बासीले ।

अग्नी पिडितको विचल्ली छ । एक छाक खाने अन्न छैन्, फेर्ने लुगा, पकाउने भाँडा र भाडामा पाक्ने समेत केही पनि छैन् । पिउने पानी पनि छैन् । भोक भोकै र प्यास प्यासै आगलागी पिडित वस्न वाध्य छन् ।‘आगोले सवै खायो, केही वचेको छैन्, अव के खाएर वाच्ने हो’ पिडित रामु कुमालले भने –‘हामी भोक भोकै र प्यास प्यासै वस्न वाध्य छौं ।’ हाम्रो खुला आकास मुनीको बास छ ।

आगोले वनकट्टी गाउँका ३३ घर र ३६ गोठ गरी गोठ गरी ६९ घर गोठ पूर्ण रुपमा जलेका छन् । शुक्रवार दिउसो पौने दुई बजे देखी लागेको आगो शनिवार बेलुका सम्ममा पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन् । घरमा अझै धुवा पुत्ताउदै छ । विद्युतका  पोलहरु ढलेका छन् । वस्ती जंगल छेउँमा भएकाले रुखहरुमा आगो सल्कीएको छ । अग्नी पिडितहरुले स्थानीय सूर्याेदय प्राथमिक विद्यालय र वारीको कान्लामा रात गुजारी राखेका छन् । दिन काटिरहेका छन् ।
 
लमही नगर विकास समितिको दमकलले रात दिन गरेर आगो निभाउने प्रयास गरेपनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो । तिव्र हावा हुरी चलीरहनु र आगलागी भएका घरमा सालका काठ भएकाले पनि आगो पूर्ण रुपमा निभाउन गाह्रो भएको हो । प्रहरी र स्थानीय वासिन्दाले आगो निभाईरहेका छन् । आगलागी भएको स्थानमा पुग्न मुस्किल छ । लमही, गढवा वेला हुदै राजपुरको वनकट्टी पुग्न करिव पौने तिन घण्टा लाग्छ । सतवरीयाको रिहार हुदै तेलीया वाट पुग्न थोरै समय लागेपनि राप्ती नदीमा पुल नहुदा गाडी जान नसक्दा आगो नियन्त्रणमा असजीलो भएको हो ।

राहत वितरण गर्न प्रजिअ गाउँमा

आगलागी पिडितलाई राहत वितरण गर्न प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ सहीतको एक टोली आगलागी स्थल वनकट्टी पुगेको छ । सो क्रममा जिल्ला प्रसासन कार्यालय दांगले ३३ घरका ३६ परिवारलाई पाँच हजारका दरले एक लाख ८० रुपैयाँ नगद राहत प्रदान गरेको छ । वनकट्टीमा भएको आगालागीका विषयमा प्रधानमन्त्री कार्यालयवाट ध्यानाकर्षण भएको र राहत वितरण कार्यलाई प्रभावकारी वनाउन निर्देशन दिएको समेत पन्थले जानकारी दिए ।

जिल्ला प्रसासन कार्यालय दांगले विरबहादुर सुनार, पूर्ण बहादुर वस्नेत, तारा वस्नेत, भुपबादुर वस्नेत, विष्णु देवी  वस्नेत, घनश्याम वस्नेत, दिबहादुर भण्डारी, दलबहादुर वस्नेत, कमला खत्रि, हुमबहादुर खत्रि, तेजबहादुर खत्रि, विजय खत्रि, मिलाल खत्रि, सूर्य नेपाली, विजय नेपाली, धनबहादुर कुवर, सञ्जय कुवर, नेत्र कुमाल, निमबहहादुर कुमाल, निमा वली, पार्वती वली, छेत्रहादुर वली, जितबहादुर नेपाली, राजत्रहादुर नेपाली, रामु कुमाल, डिल्ली कुमाल, सौर्य कुमाल, विश्राम चौधरी, सिताराम चौधरी, वाधुराम चौधरी, बमबहादुर चौधरी, जयराम चौधरी, सावित्रा वली, प्रेमबहादुर खत्रि, कुलबहादुर खत्रि, श्याम कुमाल लाई राहत प्रदान गरेको हो ।

राजपुर गाविसका सचिव मेघसिंग पछाईको अध्यक्षतामा सम्पन्न राहत वितरण कार्यक्रममा अवसरमा देउखुरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस उपशाखा लमही, उपशाखा गढवा, लालमटीया उपशाखा, सिसहनिया गाविस, सांग्रीला पानी उद्योग लगाएतका संघ संस्था वाट संकलीत राहत सामाग्री वितरण गरिएको थियो । उनीहरुलाई खाद्यान्न, चिउरा, लत्ता कपडा र भाँडा कुडा प्रदान गरिएको छ ।

एक्काएक धुरीमा आगो देखीयो
रामकुमारी सुनार ६० बर्षीय : म घरमै थिए । वुहारी र श्रीमान मिलमा जानु भएकोे थियो । म कुविन्डा काटीरहेको थिए । एक्कासी घरको धुरीमा आगो देखे । होस सवै उड्यो । छोरी वाहीर रुख मुनी सुतीराखेकि थिइ । छोरीले वाख्राको खोर खोल्न भन्दै थिए । कसो गर्दा गोठको ढोका खोले । केही वाख्रा वाहीर निस्कीए । ६ वटा जती जले । छोरा टेकबहादुर दुवै गएको चार वर्ष पुगेको थियो । घर फर्कीन एक हप्ता मात्रै थियो तर, छोरा ज्यूदै आउन पाएन । छोराको हृदय घातका कारण मृत्यू भएको खवर आयो अनि लास पनि आयो । छोरा वितेको तिन महिना नवित्दै यस्तो पिडा आईलाग्यो । छोराको मृत्यू पछी राहत स्वरुप आएको तिन लाख ५० हजार घरमै थियो । ६० हजार रुपैयाँ वुहारी संग थियो । भर्खर २ तोला सुन वनाइएको थियो । लगाएको एक सरो कपडा वाहेक अरु केही वचेन ।
अव कस्को राहारामा ज्यूने
दिलसरा सुनारः उहाँ(श्रीमान) वितेको तिन महिना नवित्दै हामी माथी ठुलो बज्रपात प¥यो । घर चल्यो, घरमा रहेका नगद, गरगहना सवै खरानी भयो । एक सरो लगाउने कपडा छैन्, खाने अन्न पनि छैन् । अव कसरी वाच्ने । तिन छोरा छन् । यीनलाई कसरी पाल्ने । ज्यूने आधार उहाँनै हुनुहुन्थ्यो उहाँले छाडेर गएपछी वस्ने वास पनि आगोले खायो ।
साभार : कारोबार

No comments:

Post a Comment