बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार

बैशाख २३- जालन्धरको होसियारपुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेदवार भगवान सिंह चौहानले बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका छन् ।
बाबा रामदेवले आइतबार राहुल गान्धीले दलितको घरमा ‘पिकनिक र हनिमुन’ मनाएको अभिव्यक्ति सार्वजनिक गरेपछि यसले देशका सबै दलित महिलाको अपमान गरेको भन्दै उनको टाउको ल्याउनेलाई एक करोड पुरस्कार दिने घोषणा गरेका हुन् ।
रामदेवले शुक्रबार लखनऊमा भाषण गर्ने क्रममा राहुल गान्धी पिकनिक मनाउन दलितको घरमा जान्छन् भनेर आरोप लगाएका थिए। ‘बरु दलितकी छोरी बिहे गरेको भए उनको भाग्य खुल्न सक्थ्यो र उनी प्रधानमन्त्री बन्ने थिए’ रामदेवको भनाई थियो ।

रामदेवले यो अभिव्यक्ति दिए लगत्तै कांग्रेस नेता दिग्बिजय सिंहले रामदेवको वयान दलित विरोधी भएको बताएका थिए । उनले रामदेवले सार्वजनिक रुपमा माफी माग्नुपर्ने समेत माग राखेका थिए ।यद्यपि रामदेवले आफ्नो भनाइको उद्देश्य राहुल गान्धी वा दलितहरुको अपमान गर्नु नरहेको बताउँदै ‘हनिमून पिरियड खत्तम भयो’ भन्न खोजेको स्पष्टीकरण दिएका छन् । रामदेवले आफ्नो भनाई प्रति पश्चाताप व्यक्त गरेको पनि समाचारमा जनाइएको छ ।

 
बहुजन समाजवादी पार्टीका कार्यकर्ताहरुले होसियारपुरमा बाबा रामदेवको पुत्लासमेत जलाए ।चौहानकाअनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मायावतीले पनि रामदेवलाई झुन्ड्याउने माग गरेकी छिन् । रामदेवले हालै मात्र एक कार्यक्रममा गुरु गोविन्द सिंहको तस्विर भएको सोफामा बसेको तस्विर सार्वजनिक भएको थियो ।

No comments:

Post a Comment