शिक्षकले भित्तामा टाउको ठोक्काउँदै दुई छात्रा पिटे

विराटगर : मोरङको उर्लाबारी ३ स्थित मोरङ मोडेल बोर्डिङ स्कुलका शिक्षकले दुईजना छात्राको टाउको भित्तामा ठोक्काउँदै कुटपिट गरेका छन्। कुटपिटबाट सिकिस्त भएका दुवैजनालाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको छ। विद्यालयका नेपाली शिक्षक पूण्य घिमिरेको कुटपिटबाट कक्षा १० का छात्रा सन्ध्या रसाइली र दीक्षा चौहान घाइते भएका हुन्। कुटपिट गर्ने शिक्षकलाई उर्लाबारी प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

नेपाली विषयको पढाइ भइरहेको बेला शिक्षकले सोधेको प्रश्नको जवाफ दिन नसक्दा एक्कासि कुटपिट गर्दै कक्षाको पर्खालमा टाउको ठोक्काई दिएको सन्ध्याले बताइन। उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। दीक्षा भने उपचार पछि घर फर्किएकी छिन्। उनलाई श्वास-प्रश्वास सम्बन्धि समस्या देखिएको छ। चिकित्सकले दशदिनसम्म औषधि सेवन गर्नुपर्ने सल्लाह दिएका छन्।साभार : अन्नपुर्ण

No comments:

Post a Comment