परोपकारी महानुभावहरूमा प्रशान्ति वृद्धाश्रमको अपिल

यो तस्वीर केहीदिन पहिला प्रशान्ति वृद्धाश्रमले उद्धार गरेर आश्रममा ल्याईएका असहाय वृद्धको हो। तस्वीरले आफै बोलेको छ,उहाँको अवस्था कस्तो थियो भनेर। करीब चौध दिन सम्म भोकै एक चौतारीमा आफ्नो अन्तिम सास कुरेर बसिरहेका जेष्ठ नागरिक मिश्रीलाल परियारको शरीरमा केवल हाड र छाला मात्र बाँकी थियो, हात भाँचिएको, बोल्न र चल्न नसक्ने अवस्थामा सुर्खेतको मेहेलकुनाबाट उद्धार गरिएको थियो। कुनै एउटै मानवीय कार्य हजारौँ अन्य मानवीय कार्यभन्दा ठूलो हुने गर्छ । धन्यवाद छ प्रशान्ति वृद्धाश्रम केन्द्रलाई , एक ठूलो मानवीय धर्म पूरा गरेकोमा। यस्ता थुप्रै असाहय, अशक्त, गरीब तथा तिरस्कृत जेष्ठ नागरिकहरूको हकहित, संरक्षण तथा पालनपोषण गरिरहेको यस विशुद्ध मानवीय परोपकारी संस्थालाई सहयोग पुर्याउनुहुने सबै सहयोगी मनलाई धेरै धेरै धन्यवाद छ, अझै धेरै सहयोगका लागी देशबिदेशमा रहेका परोपकारी महानुभावहरूमा प्रशान्ति वृद्धाश्रमले अपिल गरिरहेको छ।
स्रोत:- प्रशान्ति बृद्धाश्रम सुर्खेत

No comments:

Post a Comment