अपहरित नाइजेरियन वालिकाको रिहाईको पक्षमा नेपालमा पनि र्याली


20140514_084632महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौँ, ३१ वैशाख ।
नाइजेरियाको सशस्त्र इस्लामिक समूह बोको हरामले त्यहाँको २ सय ७६ जना स्कुले छात्राहरुलाई अपहरण गरेको घटनाको विरोध र तत्काल सकुशल रिहाईको माग गर्दै नेपालमा पनि आज र्याली सम्पन्न भएको छ । जागरण मिडिया सेन्टर, शान्तिका लागि साझा अभियान (कोक्याप) र परिवर्तनका लागि युवाले संयुक्त रुपमा र्याली गरेका हुन् ।
अहिले अन्तर्राष्ट्रिय स्तरमा सो घटनाको व्यापक विरोध भइरहँदा अपहरित छात्राहरुको सकुशल रिहाईको माग गर्दै नेपालमा पनि र्याली आयोजना गरिएको परिवर्तनका लागि युवाका अध्यक्ष जागृत पहाडीले जानकारी दिनुभयो । कोणसभामा बोल्दै सभासद एवम् अधिकारकर्मी कमला विश्वकर्माले आफुले सो विषयमा सदनमा कुरा उठाउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै जागरण मिडिया सेन्टरका महासचिव दिपक परियार र मानवअधिकारकर्मी एवम् अधिवक्ता बद्रि भुसालले सो घटनाले मानवअधिकारको उल्लंघन गरेको बताउनुभयो ।  
बोर्नो राज्यको चिबोक नगरबाट १४ अप्रिलमा ती बालिकालाई अपहरण गरिएको थियो । आफ्ना पक्राउ परेका सबै लडाकु बन्दी रिहा नगरेसम्म ती वालिकालाई मुक्त नगरिने बोको हरामले चेतावनी दिएको छ । अपहरित स्कुले छात्राहरुलाई देखाएर आइतबार अज्ञात स्थलबाट सार्वजनिक गरेको भिडियोमा समूहका नेता अब्रुबाकर सेकाउले यस्तो चेतावनी दिएका हुन् । र्याली भृकुटी मण्डप देखी शुरु भएर बसन्तपुर डबलीमा पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागी अधिकांश कलेज अध्ययनरत विद्यार्थी थिए ।
साभार: जागरण मिडिया

No comments:

Post a Comment