एकल महिला रामप्यारी सदाको हत्या

सिरहा, वैशाख २१ । सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ मा एक महिलाको हत्या गरिएको छ । स्थानीय रामपियारी सदाको अज्ञात व्यक्तिको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत चोहर्वामा आज बिहान मृत अवस्थामा भेटिएकी सदाको टाउकोमा गहिरो चोट लागेको छ । उनलाई कसले र किन मारेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।प्रहरीले घटनास्थलबाट पुरुषको चप्पल, १० थान कण्डम फेला पारेको जनाएको छ । घटनाको प्रकृति हेर्दा गाडी चालकहरुको आक्रमणबाट मृत्यु भएको हुनसक्ने बताइएको छ ।

यस क्षेत्रमा लामो दुरीमा चल्ने ट्रकहरुले खाना खाने भएकाले उनीहरुबाटै घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ । साभार: इमेज खबर 

No comments:

Post a Comment