दलितमैत्री संविधान बनाउनुपर्छः नेता गौतम

बैशाख-२० इलाम ।संविधानसभाका सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय अध्यक्ष जितु गौतमले अब बन्ने संविधान दलितमैत्री बनाउनुपर्ने बताएका छन् । ने.क.पा. (एमाले)को केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेता गौतमले विगतमा कानून बनाएरै दलितहरुलाई विभेद गरिएकोले अब बन्ने संविधान दलितमैत्री हुनपर्नेमा जोड दिए ।

मुक्ति समाज, इलामको शुक्रबार सम्पन्न भएको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता गौतमले निर्धारित गरिएबमोजिम माघको पहिलो साता देशले नयाँ संविधान पाउने दावी गरे । “संविधान तोकिएकै समयमा बन्छ” गौतमले भने– “त्यसका लागि दलहरुबीच दलगत स्वार्थभन्दामाथि उठेर देशको हितमा अघि बढ्ने इच्छाशक्ति आवश्यक छ ।”

अधिवेशन उद्घाटनको अवसरमा बोल्दै संगठनका केन्द्रीय महासचिव एवम् नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश विकेले नेपाली दलित आन्दोलन ग्राभेलिङ्ग गरेको सडकको रुपमा आईपुगेको र कालोपत्रे गर्ने दायित्य अहिलेको पुस्ताको रहेको बताए ।

महासचिव विकेले हिंजोका दिनमा मन्दिर प्रवेश र होटेल प्रवेशमा अल्मलिएको दलित आन्दोलन सिंहदरबार प्रवेश, बालुवाटार प्रवेशको चरणमा आइपुगेको बताए । उद्घाटनका अवसरमा ने.क.पा. (एमाले) इलामका सचिव गणेशप्रसाद बराल, मुक्ति समाजका मेची अञ्चल इन्चार्ज छत्र बराईली, सहइन्चार्ज जसमायाँ गजमेर, अञ्चल सचिव छविलाल विश्वकमा, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तारा गुरुङ्ग, अनेरास्ववियुका जिल्ला अध्यक्ष रविन्द्र सुवेदी लगायतले बोलेका थिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज, इलामको आठौं जिल्ला अधिवेशनले नवराज शंकरको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सावित्रा सिवा, सचिव याम रसाईली, सहसचिव रेशम बराईली र कोषाध्यक्षमा राजेन्द्र घिमिरे रहेका छन् । कमिटीका सदस्यहरुमा दिपक गजमेर, मनकुमार बराईली, प्रकाश शंकर, अम्बिकाप्रसाद बराईली, कमल विश्वकर्मा, हर्क दुलाल, दिपेन्द्र शंकर, सुमन ल्वागुन, टेकनाथ दियाली, छत्र दियाली, पूर्ण खाती, छत्र परियार र बलबहादुर बराईली रहेका छन् ।

यस्तै अन्य सदस्यहरुमा याम धमला, ज्ञानेन्द्र रसाईली, शुसिला लामिछाने, तारा दियाली, प्रमिला वि.क., संगिता सिन्चुरी, खडानन्द रसाईली, सरोज खाती, बिच्छाराम परियार, पिङ्गला रसाईली, नरेन्द्रविक्रम धमला लगायत रहेका छन् ।


No comments:

Post a Comment