भैसी करणी गर्ने राकेश विक पक्राउ

धुलिखेल : प्रहरीले छिमेकीको गोठमा रहेको व्याउने भैसीलाई करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय काभ्रेले छिमेकीको गोठमा रहेको व्याउने भैँसीलाई करणी गरेको आरोपमा जिल्लाको मथुरापाटी फुलबारी गाउँ विकास समिति ६ का २२ वर्षिय ठुले भन्ने राकेश विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

विकले स्थानीय शंकरप्रसाद न्यौपानेको गोठमा रहेको अन्दाजी १० वर्षको भैसीलाई बुधबार बिहान करिब साढे ३ बजेको समयमा करणी गरेका थिए।गोठमा घरपालुवा जनावरका लागि खोले (कुँडो) पकाउन गएका न्यौपानेको परिवारका सदस्यले विकले भैँसीलाई करणी गरेको अवस्थामा फेला पारेका थिए।

न्यौपानेको परिवारले विकलाई स्थानीयबासी बोलाएर प्रहरीको जिम्मा लगाईदिएका थिए।विकलाई चौपाया करणीमा मुद्धा चलाई जिल्ला अदालत काभ्रेबाट शुक्रबार पाँच दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ।जिल्लामा यस अघि गाई करणीका घटना भएपनि भैँसीलाई करणी गरेको यो सम्भवत: पहिलो घटना हो।साभार : अन्नपुर्ण

No comments:

Post a Comment