अन्तर्जातिय प्रेमविवाह गरेकी महिलाद्वारा नाता कायम मुद्दा

  ०७१ वैशाख २८ गते, सप्तरी । मधवापुर गाविस-७ की २५ वर्षीया सोमकुमारी मगरले पति २२ वर्षीय इन्द्रकुमार मोचीसँग नाता कायमका लागि वैशाख २८ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् ।

आरोपितले विवाह दर्ता गर्न नमानेको र सासू-ससुराले समेत मानसिक यातना दिई घर छाडेर जान भनेको भन्दै पीडितले आरोपितसँग नाता कायम गरी विवाह दर्तासमेत बनाइ पाउन मुद्दा दर्ता गरेको अदालतले जानकारी दिएको छ ।

आरोपितको घरपरिवारका सदस्यहरूको व्यवहारले धोका हुने लागेकोले नाता कायम गरी विवाह दर्ता बनाउन पीडितले निवेदनमा माग गरेकी छन् । दुई वर्षदेखि प्रेमसम्बन्ध भई पीडित ०६९ वैशाख २५ गतेदेखि र आरोपित पतिको घरमा बसेकी छन् ।

No comments:

Post a Comment