जातीय विभेदका कारण समुदायीक वनको उपभोग गर्नबाट वञ्चित

०७१ वैशाख २८ गते,बैतडी । वाशुलिङ्ग गाविस-२ ग्वानीका मुक्तहलिया समुदायका ३० घरपरिवारले जातीय विभेदका कारणले समुदायीक वनको उपभोग गर्नबाट वञ्चित रहेका छन् । नजिकै रहेको सिराड भकुण्डे सामुदायक वन उपभोग गर्नबाट स्थानीय पाण्डेय र चन्द थरका कथित गैरदलित समुदायले कथित दलित भनिएका मुक्त हलिया समुदायलाई विगत २० वर्षदेखि सो वन उपभोग गर्नबाट वञ्चित गरेकाले सो वन उपभोग्तामा समावेश गराईपाउँ भनि मुक्तहलियाले गठन गरेको सङ्घर्ष समितिका तर्फबाट वैशाख २८ गते जिल्ला वन कार्यालय बैतडीमा निवेदन दिएको पीडित जयराम लुहारले वताए ।

सो क्षेत्रमा बसोवास गर्ने हामी दलित तथा हलिया समुदायले विगत २० वर्षदेखि गैरदलित समुदायको डोली बोक्ने, सिनो फल्ने, हलिया खलियामा काम गर्न छोडेको भन्दै दलित समुदायका व्यक्ति सो वनमा घाँस, दौरा काटन गए गैदलित समुदायका व्यक्तिहरूले पटक-पटक अवरोध श्रृजर्ना गर्ने गरेकोले त्यसको विरोधका लागि ०७१ वैशाख १३ गते गाउँमा पीडितहरूको भेला गाउँमै बोलाई सङ्घर्ष समिति गठन गरी यो कदम चालेको स्थानीय पीडित काशीराम महरले बताए ।

यस विषयमा यस अघि रेन्जपोष्ट वाशुलिंङ्मा पीडित पक्षबाट निवेदन दिँदा इलाका वन कार्यालय पाटन बैतडीबाट घटनाको स्थलगत अनुगमन गरी दुवै पक्षको सहमतिमा समाधान निकाल्ने सहमति भएको जिल्ला वन कार्यालय बैतडीले जनायो । तर, पीडितहरूले वन उपभोग गर्न नपाएकोले नै सङ्घर्ष समिति गठन गरेको जनाएका छन् ।

No comments:

Post a Comment