दलित समुदायका बिचमा भएको झडपको न्यायिक छानबिनको माग

पर्वत, वैशाख ३१ – पर्वतको पाङमा दलित समुदायका बिचमा भएको झडपमा राजेश नेपालीको हत्यामा आरोपित मध्येका शम्भु नेपाली निर्दोष रहेको भन्दैै आफन्तले रिहाईको माग गरेका छन् । कामीको ब्रतवन्धमा सार्कीले दाल छोएको विषयको विवादमा मृतक राजेश नेपालीका काका शम्भु नेपालीले घरयसी विवादका कारण मृतक राजेशलाई कुटपीट गरी हत्या गरेको आरोप लगाई गिरफ्तार गरेको भन्दै नेपाली थरका दलित समुदायद्वारा उनलाई रिहाईको माग गरेका छन् । उनको रिहाईको माग गर्दै मंगलबार सदरमुकाम कुश्मामा प्रदर्शन समेत भएको थियो । 

नारा–जुलुससहितको एक समूहले लोकतन्त्र चोकदेखि पर्वत जिल्ला अदालत सम्म नाराबाजी गर्दै घटनाको न्यायिक छानबिनको माग गरे । उनीहरुले पत्रकार सम्मेलन गरेर घटनामा शम्भु नेपालीको संग्लनता नभएको दाबी गरेका छन् । प्रत्यक्षदर्शी समेत रहेका मृतक राजेश नेपालीका मामा हर्कबहादुर नेपालीले शम्भु नेपाली घटना घटिसकेपछि त्यहाँ पुगेको बताऐ । घटना घटिसकेपछि आएका ब्याक्तिलाई त्यसरी आरोप लगाएर मुद्दा चलाउन नहुने उनले बताए । जुलुसमा संग्लग्नहरुले हत्यारालाई कारबाहि गर्न आग्रह गर्दै निर्दोषलाई छोड्न प्रसासनलाई अनुरोध गरे । घटना जातिय विभेदकै कारण भएको उनीहरुको भनाई रहेको छ ।मृतकका काका नाता पर्ने शम्भु नेपालीले जग्गाको बिबादका कारण राजेशलाई मारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । खुर्कोट १ का हत्या आरोपमा पक्राउ परेका मोहन सुनारकी आमा देवी सुनारले जग्गाको विवादमा शम्भु नेपालीले नै हत्या गरेको आरोप लगाउँदै वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेर दिएकी थिइन् । घटना घटेको ६ दिनपछि मृतकका काका शम्भु नेपालीलाई प्रहरीले गिरफतार गरि हत्या आरोपमा अनुसन्धान थालेकोे थियो ।सोहि उजुरीका आधारमा प्रहरीले शमभुलाई अनुसन्धान जारी राखेको छ । 

उनीहरुले घटनालाई जातिय आधारमा कारबाही गरियोस् भनी माग गरेका छन् । पाङ्ग गाविस २ का चन्द्रवहादुर विकको छोरा रामकृष्ण सुनारको ०७० चैत्र २१ गते वत्रवन्धमा दाल छोएरको विषयमा कुटपीट भएको थियो । घाइते राजेश नेपालीको चैत्र २९ गते मणिपाल अस्पताल पोखरामा मृृत्यु भएको थियो । घटनामा संग्लग्न भएको आरोपमा पाङ २ का शम्भु नेपाली, श्याम नेपाली, विनोद नेपाली ,सुरेश नेपाली र दिनेश नेपाली वाग्लुङ्गवाट निम्ता मान्न आएका शंकर विक रविन वोहरा, सन्तोष विक र शंकर विक जनही २ हजार रुपैया धरौटीमा वैसाख ३ गते रिहा भएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार छुवाछुत विवादमा पक्राउ भएका मध्ये पाङ्ग गाविस २ का विष्णु सुनार, अशोक सुनार, चन्द्रवहादुर विक र रामकृष्ण विक र खुर्कोट १ का मोहन विक र प्रकाश विकका विरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थपी अनुसन्धान अघि वढाएको छ । - साभार: रातोपाटी

No comments:

Post a Comment