शारीरिक अशक्त महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

 ०७१ वैशाख २३ गते, कास्की ।एक ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा थुमाकोडाँडा गाविस-५ का ४७ वर्षीय अंकबहादुर परियारलाई जिल्ला अदालतको वैशाख २३ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

आरोपित परियारले ४२ वर्षीया शारीरिक अशक्त महिलालाई ०७० चैत २१ गते नजिकैको जङ्गलमा बलात्कार गरेको भन्दै घटनामा संलग्न दोषीलाई कारबाहीको माग राखी पीडित पक्षले चैत २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनामा संलग्न आरोपितलाई प्रहरीले ०७१ वैशाख २ गते गिरफ्तार गरी जबरजस्तीकरणी मुद्दामा अनुसन्धान जारी राखेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चैत ३० गते स्वास्थ्य परीक्षण भएको थियो ।

No comments:

Post a Comment