गुल्मी जिल्लाको दरबार देविस्थान गा.वि.स.—९ राक्सेडाँडामा, त्यो
गा.वि.स. एवं छिमेकी अर्घाखाँची जिल्ला समेतका दलित तथा गैर–दलित मिलि
चन्दा उठाएर करिब साढे चार लाख रुपैयाँको लागतमा गतवर्ष, बनाएको मालिका
मन्दिरमा यहि २०७० साल मंसीर ९ गते आइतवारका दिन गोकर्ण नेपालीको नेतृत्वमा
स्थानीय दलितहरु पसेर पुजा गरी धुपध्वजा चढाउँदा ‘अछुत जातले परम्परा तोडी
मन्दिरमा पसेर अपवित्र पारेको तथा सामाजिक शान्ति खल्वल्याएको’ भन्दै अशोक
थापा र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यको अगुवाइमा
स्थानीय बाहुन क्षेत्री लगायतका गैर–दलितले कडा विरोध गर्नुका साथै
भविष्यमा यस्तो दोहोरिएमा ती दलितलाइ रुखमा झुण्ड्रयाएर मार्ने धम्की दिएको
प्रकाशित खबरले नेपाली दलित आक्रान्त बनेकाछन् । पिडित दलितको गुहार पछि
घटनास्थल पुगेका सञ्चारकर्मी संग उत्पिडक– नाईके अशोक थापाले उल्टै ‘
गोकर्णेलाइ सम्झाइ देउ भाइ ! नत्र जे पनि हुन सक्छ ’ भत्रुले पनि स्थितिको
गाम्भिर्यतालाई प्रष्ट्याउँछ । ‘एकैचोटी समानता गर्न सकिंदैन, क्रमैसंग
हुने कुरो हो, यो कुरा बाहिर ल्याउनु हुँदेैन हामी आफैमा मिल्नु पर्छ ’
भत्रे डिल्लीराज आचार्यको भनाइले घटनालाइ दबाउन खोजेको पनि देखिन्छ ।
दलितलाई सताउने यसता घटना देशभर दिनहुँ अनगिन्ती घटि रहेका छन् ।
सञ्चारकर्मी कसैले पिडित उपर दया दृष्टि राखेर प्रकाशमा ल्याइ दिए मात्र
जगजाहेर हुन्छन्, अन्यथा झण्डै ९० प्रतिशत घटना त्यसै दबेर गएकाछन् ।
प्रकाशमा आएकै घटना पनि पिडकपक्षको डरत्रासका कारण स्वयं पिडितले नै
कारबाही अगाडि बढाउन नचाहेर बिचैमा सेलाइन्छ । उदाहरणार्थः—बाजुरा जिल्लाको
बुढीनन्दामा लाग्ने वार्षिक मेला सन्दर्भमा ०७० सालको जनैपूर्णिमा मेलाको
सुरक्षार्थ खटिएको प्रहरीटोलीका प्र.ज.जनक वि.क.लाई डेढ दिनको ठाडो उकालो
पारगरी चरीदह भत्रे निर्जन ठाउँमा पुगी सकेपछि त्यहीं भेट भएका बुढीनन्दा
जाने तिर्थालु सहितका पुजारी श्रीलाल बोहराले ‘अछुति जातले मेलाअवधी भर
मेलास्थल टेक्न हुँदैन । अतः प्रहरी भएता पनि जनक वि.क.त्यहाँ जान पाउँदैन,
यदि निज जाने भए आफुहरुले मेला र यात्रा स्थगित गर्ने’ भनि धम्क्याएको र
त्यसमा आफ्नै प्रहरीटोलीले पनि समर्थन जनाई आफुलाई एक्लै छोडेर अगाडि
बढेकोले त्यो निर्जन क्षेत्रमा आफुु असुरक्षित भै रात गुजार्नु परेको
उजुरी, प्र.ज. वि.क.ले मार्तण्डीमा आई प्रमुख जिल्ला अधिकारी र
सञ्चारकर्मीहरु समक्ष, तत्कालै गरे । समाचार प्रकाशित भएपछि प्रहरीटोलीको
नाइके अ.स.इ.शेर बहादुर चन्द उपर कारबाहीको सम्भावना देखिना साथ
भित्रभित्रै यसतो चक्कर चल्यो कि घरपाही मिलेको आफ्नो जागिरमा आपत आउने
डरले प्र.ज. जनक वि.क.बोल्नै छोड्यो ।,फलतः यसबारे कारबाही अघि बढाउन कम्मर
कसेका दलित नेतृत्वलाइ प्रमाणको अभाव हुन जाँदा विभित्र राष्ट्रिय सञ्चार
माध्यममा ३÷४ दिन सम्म लगातार चर्चामा आइ सकेको भएपनि त्यो कुरो त्यसै
सेलाउन बाध्य भयो ।
२०७० सालको तीजमा गुल्मी तम्घासको मन्दिरमा
पंक्तिबद्ध श्रद्धालु महिलालाई टीका लगाइ दिने क्रममा पुजारीले दलित
महिलाहरुलाई देख्ना साथ टीका नलगाइ टाढा बाट फालि दिए । विवाद बढेपछि छलफल
सि.डि.ओ.सम्म पुग्यो । आखिरमा छल र बलको फल निकालिया,े जसअनुसार अब
पुजारीले कसैलाई नछुने, टीका पनि नलगाइ दिन,े मन्दिर बाहिर टपरीमा राखीएको
टिको सबै श्रद्धालुले आ–आफै लगाउने मत्स्य निर्णय गरियो ।
यस्ता केही पुराना चर्चित घटनाहरु पनि हेरौंः—
रुपन्देही जिल्लाको सौ–फर्साटिकर गा.वि.स.—१ मा, स्थानीय दलित युवाहरु
वि.स. २०५५ सांलको तिहारमा भैलो खेलेर संकलित रकमले गाउँमा केहि गर्ने
विचार गर्दा छिमेकी सवर्णहरु समेतको रायले त्यसमा थप चन्दा सबै बाट उठाइ,
निर्माण गरेको दुर्गा मन्दिरमा २०५६ सालको दशैं अवसरमा निर्माता दलितहरु
अविराम विश्वकर्मा र पदम बहादुर विश्वकर्मा को अगुवाइमा सक्रिय भै नौ दिन
सम्मको दुर्गापुजा गर्न लागे । त्यो कुरा छिमेकी बाहुन क्षेत्रीलाई पटक्कै
मन परेन । विवाद मिलाउन बैठक बसेको बेला सहभागी एउटा गुरुङ्गले कसैको
इशारामा चिर्पट दाउराले एकजना दलितको खप्परमा बजायो र रगतपच्छे पारी ढलायो ।
कुरो प्रहरी हुृँदै सि.डि.ओ .समक्ष पुग्यो । यो लेखक पनि सम्मिलित त्यो
छलफलमा सवर्णहरुले, दलितसंग मिलेर पुजाआजा गर्न किमार्थ मानेनन् उल्टो सबै
मिलि फेरी पैसा उठाई, आफ्नो लागि छुट्टै मन्दिर बनाइनु पर्ने माग राखे ।
प्रशासनले उनिहरुको कुरालाइ घुमाएर समर्थन गर्न खोजे पछि दलितहरुले पनि,
देशको बँटवारा न भै छुङ्गै मन्दिर बत्र नसक्ने यदि त्यसै कारणले सवर्णहरुले
अर्को मन्दिर बनाएमा हिन्दुका नाताले त्यसमा पनि आफुहरु भित्रै पसेर पुजा
गर्ने र बलिदान हुन सँधै तयार रहने, अडान लिए । अन्ततः प्रशासनले विवाद
मिलाउन सकेन, सवर्णहरुले त्यो मन्दिर त्यागे र छुट्टै मन्दिर पनि बनाएका
छैनन् ।
यसैगरी दलितहरु पूर्व सभामूख दमननाथ ढुङ्गानाको अगुवाइमा वि.सं २०५७
सालमा.र मानवाधिकारवादी पूर्ण प्रकाश यात्रीको अगुवाइमा २०५८ सालमा गरी
दुइपटक डोटीको शैलेश्वरी मन्दिरमा प्रवेश गर्न खोज्दा भएको झगडा,
वि.सं.२०५५ सालमा तनहुँको थानीमाई मन्दिरमा र विस.ं.२०६१ जेठमा कैलाली को
लालपुरस्थित चण्डेश्वरी भगवती मन्दिरमा प्रवेश गरी पुजा गर्न खोज्दा भएको
लडाई, पत्रकार द्वय रणेन्द्र बराली र खगेन्द्र संग्रौलाको अगुवाइमा चितवनको
लक्ष्मीनारायण बेंङ्कटेश मन्दिरमा प्रवेश एवं पुजा गर्न खोज्दा वि.स.२०६१
मंसिरमा भएको लडाईं, पाल्पा तान्सेनको भगवती मन्दिर र बाग्लुङ्गको कालिका
मन्दिरमा भएका त्यसतै झगडा नेपालका विगत र वर्तमानका चर्चित लडाई झगडा हुन्
। चर्चामा आउने मौका नपाएका यसता झगडा र मारपीट गनि नसक्नु छन् र अचेल
बढ्दो क्रममा छन् । जतिजति दलितले अक्षर चिन्दैछन् उतिउति आफ्नो अधिकार र
समानता को खोजी गर्दैछन् । अब पनि हिन्दु समाज र त्यसका निर्देशकहरुले
दलित प्रतिको परम्परागत भेदभाव र अत्याचारलाई रितिथिति संरक्षणको नाममा
कायमै राख्न चाहन्छन् र जिम्मेवार निकायबाट यसमा ध्यान दिइदैन भने निकट
भविष्यमा यो समस्याले छिमेकी देश भारतमा बेलाबखतमा भै रहने साम्प्रदायिक
दङ्गा जस्तै विकराल रुप लिन विथिबेर लाग्ने छैन । देशको सामाजिक अवस्था
यसतो हुँदा पनि विश्व हिन्दु परिषद वा विश्व हिन्दु महासंघ भने राणाकालमा
भैंm जबरजस्ती दलितलाइ हिन्दु धर्मानुयायी गनेर नेपालमा ९३ प्रतिशत जनता
हिन्दु भत्रमा मख्ख छ र ‘स्वधर्मे निधनम् श्रेय परधर्मः भयावहः’ भन्दै
धर्मान्तरणको कडा विरोध गरी नेपालमा हिन्दु राष्ट्रको पुनरुत्थान हुने
दिवास्वप्न देख्दैछ ।
यदि दलितलाई हिन्दुधर्म मै जमाएर राख्ने हो र देशैभरी चलि रहेको छुआछुत
विषयक लडाईं झगडा साम्य पार्ने हो भने अब महासंघले पुरानो मानसिकता
च्यात्तै छोडि जहाँ जहाँ छुआछुत वा जातिय विभेदको झगडा देखिन्छ त्यहाँ
तुरुन्त हस्तक्षेप गरी विदेशी विधर्मी जोसुकैलाई पनि आफ्नै सजातिय सरह
सर्वस्वीकार गरी रहेको हिन्दु समाजलाइ सम्झाइ दलितहरुलाइ पनि त्यसै गरी
सर्व स्वीकार्य गर्न÷गराउन पहल गर्नु पर्छ । अन्यथा हिन्दुसमाजमा ऐले
‘छोरीले भन्छे माइती ! माइती !!, माइतीले भन्छ किन आइती ?’ को स्थितिमा
हेपिएका दलितहरु ‘यस्मिन् धर्मे नसम्मानो नप्रितिर्नच बान्धवा । न च विवेक
गम कश्चिद् न तत्र दिवसंंं वसेत्ः।’ भन्दै आफ्नो मानसम्मान कत्ति नगर्ने
हिन्दुधर्मलाइ त्यागेर सामुहिक रुपमा अन्य धर्ममा जानेछन् र कसैले रोक्न
सक्ने छैन । साभार :- नेपाल दलित इन्फो
No comments:
Post a Comment