दलित महिलालाई दलितमा नै सिमित राख्न समाज उद्धत छ -दलित अधिकारकर्मी रमिला बिक

विभेद बिरुद्ध अभियान -जेष्ठ २७ ,चरिकोट। दोलखाका अपाङ्ग भएका दलित महिला तथा अन्य समुदायका मानिसहरुले सपाङग मानिसहरुले अपाङ्गको समस्या बारे नबुझिदिाँदा समस्या भएको बताएका छन् ।सदरमुकाम चरिकोटमा आयोजना गरिएको एक अन्र्तक्रिया कार्यक्रममा दलित समुदायका अपाङ्गहरुले आफुहरुको समस्या बारे समाजले नदेख्दा अपाङ्ग दलित महिला, बालबालिका तथा किशोरीहरुको क्षमताको बिकास नभएको औल्याएका हुन् । प्लान ईन्टरनेशनल नेपालको सहयोग र सिपार्ड नेपालको आयोजनामा हामी सँगसँगै नामक कार्यक्रमको दलित किशोरी तथा अपाङ्ग बालबालिकाहरुको न्यायमा पहँच समबन्धि दुई दिने अभिमुखिकरणमा सहभागि दलित अपाङ महिला तथा किशोरीहरुले दलित अपाङ्ग महिलाहरुको अबस्था बारे राज्य तहमा निति निमार्ण भएपनि कार्यन्वयमा फितलो हुँदा समस्या भएको बताए ।

 अभिमुखिकरणमा सहभागि दृष्टिबिहिन महिला पशुपति नेपालीले मानिसको ब्यक्रिगत सोचाई र गलत सामाजिक चिन्तनका कारण अपाङ्गहरुको सर्बाङ्गीन क्षमताको बिकास नभएको बताईन् । उनले सबैको घरघरमा हुने अपाङ्गहरुको बिबेद अन्त्य भए मात्रै अपाङ्ग भएका मानिसहरुको मनोबल उच्च भई देश बिकासमा सहयोग पुग्ने बताईन् । त्यसैगरी अर्का सहभागि दलित अधिकारकर्मी रमिला बिकले दलित महिलालाई दलितमा नै सिमित राख्न समाज उद्धत रहेको बताउदै दलितका हक अधिकारका बारेमा निति निमार्ण भएपनि हाफ्नो समुदाय र अपाङ भएका मानिसहरुको न्यायमा पहँच पुग्न नसकेको बताईन् । 

कार्यक्रममा सहभगि जिल्ला प्रशासन कार्यलयका नासु एबं कारागार प्रमुख शिबबहादुर खड्काले दलित र अपाङ्गका बारेमा जिल्ला प्रशासन कार्यलय दोलखाले छिटो ,छरितो र सहज ढङ्गले सेवा उपलब्ध गराएको बताउँदै केहि गुनासो सम्बोधन हुन नसकेको भए अझै प्रशासनले उपलब्ध गराउने सेबा सुबिधा सहज तरिकाले लक्षित समुदायमा पु¥याउने प्रतिबद्धता जनाए । त्यस्तै महिला तथा बालबालिका कार्यलय दोलखाकी रमा ओलीले महिला तथा बालबालिका कार्यलयले उपलब्ध गराउने सेवा र सुबिधा थप प्रभाबकारी बनाउने बताईन् ।अभिमुखिकरण मा सरकारी वकिल कार्यलयबाट सहभागिता जनाएका राजेन्द्र कँडेलले न्यायमा दलित र अपाङ्ग समुदायको लागि राज्यले उपलब्ध गराएको सेबा सर्तहरु पुर्णरुपमा पालन गरि कार्यन्वयन गर्ने बताए । सहभागि अर्का अपाङ्गका क्षेत्रमा कार्य गर्दै आएका अपाङ्अधिकारकर्मी मोहन बहादुर कार्कीले अपाङ्गले प्राप्त गर्ने अधिकारहरु पनि अफ्ठेरो भिरमा भएकाले टिप्न नसकेको भन्दै ब्यङग गरे । 

कार्कीले सिपार्ड दोलखा र प्लान ईन्टरनेसनल नेपालले दलित किशोरी तथा अपाङ्ग बालबालिकाको न्यायमा पहँच कसरी पु¥याउने भन्ने कार्यक्रमले यो समुदाय निकै खुसी भएको बताए । अभिमुखिकरण कार्यक्रम दुई दिन सम्म चलेको थियो ।अभिमुखिकरण कार्यक्रममा प्लान नेपालका एरिया म्यानेजर चन्द्र कायस्थ, पत्रकार गोकर्णप्रसाद भण्डारी, प्रहरी सहायक निरिक्षक शिबजी ढकाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । दुई दिन सम्म चलेको कार्यक्रममा प्लान नेपालका अपाङ्ग समाबेशीकरण बिज्ञ मिनराज पन्थि लगायतले सहजिकरण गरेका थिए ।

No comments:

Post a Comment