श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

विभेद बिरुद्ध अभियान - जेष्ठ ३- फलेवास (पर्वत) । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ ।पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । 

मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछाने नेतृत्वको टोलीले मृतक दर्जीको शव परीक्षणका लागि जिल्ला अस्पताल बेनीमा पठाएको छ । 

मृतक दर्जीका श्रीमान् झारफुक गर्ने बहानामा बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा गत वैशाख १४ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए । 

आरोपित दमैले मृतक श्रीमती दर्जीको दाहसंस्कारमा जान पाउँ भन्ने आसयको निवेदन पेस गरेपछि पर्वत जिल्ला कारागारले प्रहरीको रोहबरमा उनलाई त्यहाँ पठाएको जिल्ला कारागारका जेलर प्रकाश पौडेलले जानकारी दिए । घटना के कारणले घटेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

No comments:

Post a Comment