कालीकोटकी मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु

विभेद बिरुद्ध अभियान - जेष्ठ २३- कालीकोट । आँखाको क्यान्सरबाट ग्रसित कालीकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउनका लागि अभियान सुरु गरिएको छ।नेपाली युवाको अन्तर्राष्ट्रिय सञ्जाल मिसन बेटर नेपालले मन्सरा बचाऔं अभियान सुरु गरेको हो।
कालीकोट रास्कोट नगरपालिका–७ का रने लुहारकी चार वर्षीया छोरी मनसराको आँखामा केही महिना अगाडि सामान्य चोट देखिएपनि अहिले घाउ बढेर कुहुँदै गएको छ।जिल्लामा उपचार सम्भव नहुने भएपछि मिसन बेटरले मनसरालाई काठमाडौँ ल्याउने तयारी गरेको अभियानका सल्लाहकार महेश पौड्यालले जानकारी दिए।सो रोग रेटिनो ब्लास्टोमा अल्सरेटिभ ट्युमर भनिने क्यान्सरजस्तो भएको त्रिपुरेश्वर आँखा अस्पतालका नेत्र चिकित्सकले जनाएका छन्। चिकित्सकले त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मनसरालाई भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले भर्नाका लागि पहल गरिरहेको संयोजक रवीन खतिवडाले जानकारी दिए।
मनसराको उपचारका लागि इच्छुक दातालाई मनसरा लुहारकै नाममा सानिमा बैंक मान्मा शाखामा खोलिएको खाता नं ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न आग्रह गरिएको छ।

No comments:

Post a Comment