निर्वाचनमा पहुँच अभिबृद्धि गर्न दलितलाई मतदाता शिक्षा

विभेद बिरुद्ध अभियान - जेष्ठ  २८- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि बैतडीका राजनीतिक दलहरु प्रचारप्रसार र भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त छन् । प्रचारप्रसारसँगै उनीहरुले मतदाताशिक्षा पनि दिने गरेको छन् । सदरमुकाममा भन्दा गाउँमा चुनावी लर्को ह्वात्तै बढेको छ । दलहरु तालिका बनाएर पालैपालो सबै तहमा चुनावी सभा गरिरहेका छन् । घोषणापत्र, पर्चा, पम्प्लेटका साथमा प्रत्येक घरका मतदाताकहाँ पुगिरहेका छन् ।
यस्तै राजनीतिक दल, संघसंस्था र जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेका छन् । दलित महिला संघले दशरथचन्द नगरपालिकाका महिला र दलितलाई मतदाता शिक्षा दिएको छ । निर्वाचन कार्यालयको समन्वयमा नमुना मतदान समेत गरेको दलित महिला संघले निर्वाचनमा महिलाहरुको सहभागिताबारे छलफल गरेको छ ।
दलित समुदायमा अशिक्षाका कारण निर्वाचनमा महिलाहरुको चासो घट्दै गएकाले कार्यक्रमको आयोजना गरिएको दलित महिला अधिकारकर्मी सरस्वती नेपालीले बताईन् ।

No comments:

Post a Comment