बोक्सीको आरोपमा मलमुत्र खुवाई हत्या गरिएकी लक्ष्मी परियारको दाहसंस्कार गरियो


विभेद बिरुद्ध अभियान, असार ४ -बोक्सीको आरोपमा मलमुत्र खुवाई हत्या गरिएकी काभ्रकै लक्ष्मी परियारको शबलाई आज असार ४ गते अाईतवार पशुपतिमा दाहसंस्कार गरिएको छ। बाेक्सिकाे अाराेपमा मारिएकी काभ्रेको लक्ष्मी परियारकाे शव लामो समयदेखि टिचिङ हस्पिटलमा राखिएको थियो ।  नेपाल सरकारकाे निर्णय अनुसार आज  पशुपति अार्यघाटमा दाहसंस्कार गरिएको हो । मृतक अजित मिजार र लक्ष्मी परियारको शव प्रक्रिया पु-याएर आफन्तलाई जिम्मा लगाउने  मन्त्रिपरिषद बैठकले निर्देशन गरे अनुसार दाहसंस्कार गरिएको हो ।यधपी  अन्तर्जातिय विवाह पश्चात हत्या गरिएका काभ्रे पाँचथरका अजित मिजार को भने अदालतको फ़ैसला पछि जलाउने निर्णय तय गरिएको छ । दाहसंस्कार गरिनु अघि अधिकारकर्मी, राजनितीकर्मी,नागरिक समाज ,संघ सस्थाका प्रतिनिति ,पत्रकार, शुभेच्छुक ,शुभचिन्तक संवन्धित सराेकारवालाको उपस्थ्तिमा अार्यघाटमा श्रर्दान्जली शाेक सभा समेत गरिएको थियो



सरकारका तर्फ बाट काभ्रेका प्रमुख जिल्ला अधिकारिकाे हात वाट अजितका बुबा हरि भक्त ढकाल मिजार र लक्ष्मीका माईला देवर ज्ञान वहादुर परियारकाे हातमा राहत स्वरुप  १०/१० लाख रुपैयाँ असार १ गते प्रदान गरेको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रति परिवार १० लाख राहत दिने निर्णय गरेको थियो  । त्यस्तै मन्त्रि श्रीपालीकै प्रस्तावमा मन्त्रिपरिषदले लक्ष्मी परियारको छोरा छोरीको लालन पालन तथा शिक्षाको समेत सरकारले जिम्मेवारी लिने निर्णय संगै SOS वालग्राम धुलिखेलमा अध्ययनका लागि  ब्यबस्था गरिएको छ  ।


स्थानिय कल्पना पराजुलीसँग विवाह गरेका अजित मिजारलाई गत असारमा धादिङको कुम्पुर गाविस स्थित फुर्के खोला किनारमा हत्या गरिएको थियो । त्यस्तै बोक्सीको आरोपमा काभ्रेकै लक्ष्मि परियारलाई मलमुत्र खुवाएर गैरदलितले हत्या गरेका थिए । यी दुवै घटना छानबीन गर्नका लागि यसअघिको मन्त्रिपरिषद बैठकले मन्त्री श्रीपालीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले उक्त घटनामा दोषी रहेका व्यक्तिहरुको किटानी समेत गरेको छ । दोषीलाई कारबाही गर्न समेत मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको नाममा निर्देशन समेत दिएको छ ।
तस्बिर स्रोत : दलमर्दन कामि 


तस्बिर स्रोत : दलमर्दन कामि 

तस्बिर स्रोत : दलमर्दन कामि 

तस्बिर स्रोत : दलमर्दन कामि 

तस्बिर स्रोत : दलमर्दन कामि 

No comments:

Post a Comment