जात ढाँटेर जव मैले दलित साथीलाई घर भित्र्याएँ...!-सिमा बस्नेत

विभेद बिरुद्ध अभियान , जेष्ठ १९ -आज दलितको बारेमा लेख्न मन लाग्यो । कसले कस्ले बनायो मान्छेलाई दलित ? को हो दलित ? किन हेपिन्छ दलितलाई ? सानो जाती, दलित जातीको अस्तित्व ,पहिचान त प्राचीन शास्त्रीहरुले राखेर गए ।यसमा कसको के दोष छ र ? कामको आधारमा मान्छेको पहिचान सानो जातीले गर्नुपर्ने भनेर बाड्फाड गरिदिए । के यसमा न्याय भयो र ? 

ठूला जाती कस्तो हुन्छ ? ठुला जातीको अस्तित्व र पहिचान कस्तो हुन्छ ? बुज्न बाँकी रहेछ अझै । अझै ठूला जातीको रंग कस्तो हुन्छ ? उनीहरुको भेष कस्तो हुन्छ ? परिवेश कस्तो हुन्छ ? बुझ्न सकेकी छैन । यो २१ औं शताब्दी हो । कुनै प्राचीन समय होइन । हाम्रो समाजमा अझैपनि जनचेतनाको अभाव छ ।

काटे रगत आउँछ । निचारे आँसु आउँछ । मेरो बुझाइ मैले देखेकी सत्य- तथ्य घटनामा मेरो आँखा सामु हेपिन्थियो दलितलाई । सानो छँदा गाउँ-घरमा जस्तो सुन्थें मेरो अँखासामु त्यस्तै नमीठो व्यवहार गर्दा गर्दा म एक कुनामा बसेर रुने गर्थे । म ८-९ बर्षको हुँदा हुदा मेरा दलित भनिएका साथीहरु धेरै थिए । एउटै स्कुल पढ्ने साथीहरु । मेरा लागि सबै जातिका साथी बराबरी हुन्थे । 

मेरो स्कुल घरबाट टाढा भएकोले म खाजा खान मगर र बिक साथीको घरमा जान्थे । मलाई त्यो हरेक पलको सम्झना छ अझै । उनीहरुले मेरो हात समातेर तानातान गर्थे । म दुबैको घरमा जान्थें । ८-९ बर्षअघिको कुरा हो यो । म जब बिक साथीको घरमा जान्थें तब मेरि साथीकी ममि कति खुसी देखिनुहुन्थ्यो । मलाई खाजा पानी दिदा नछोइकन दिने गर्नुहुन्थ्यो । 

तर मलाई यो पटकै मन पर्दैनथ्यो । म साथीसँगै एउटै थालमा खाजा खान्थे । साथीकि ममिले मैले खाजा खाएको कसैले देखेको छ कि भनेर दायाँ- बायाँ हेर्नुहुन्थ्यो । म उहाँको मुखमा टुलुटुलु हेर्थें । मलाई कति नरमाइलो लाग्थ्यो । म सधै खाजा खान मेरी बिक साथीको गर जान्थें । हामीले बयर चोरेर खान्थ्यौं । 

गाउँमा मसंगै पढ्ने साथी, बिक साथीको घरमा जाँदैथें । बयर खानचाहिं गइन्थ्यो । तर घरमा जान अलि मान्दैनथे । तर मचाहिँ हासीहासी जान्थे । मेरा अरु तामाङ र मगर्नी साथी, बिक साथथीको घरमा जान डराउँथे । किनकि उनीहरुलाई आमा-बाबाले गाली गर्नुहुन्छ भन्थे ।

मलाइ अझै पनि सम्झना छ । एक दिन म बिक साथीको घरमा गएको कुरा घरमा मेरो हजुरबुवाको आमा, अर्थात मेरो जिजुमुमाले थाहा पाउनुभयो । उहाँले मलाई बिहानको एक छाक खानै दिनुभएन । म त्यतिकै स्कुल गएँ । म सानो छँदा बिक साथीको घरमा जाँदा मलाई तिर्खा नलागे पनि म पानी मागेर पिउने गर्थे । किनकि मैले पिएको पानीमा बिक साथीको परिवार खुसी देख्थें । मेरा अरु जातीका साथीहरु बिक साथीको घरमा जान मान्दैनथे । तर म हाँसीहाँसी साथीलाई एकपलपनि तिमी सानो सातिको छैनौ भनी महसुस गराउंथें ।

उनले मलाई भन्थिन्, 'तिमी ठूलो जातको भएपनि मलाई कति माया गर्छौ है सिमा । म ठूलो कसरी भएँ ? मलाइ नै थाहा थिएन । उनी त मेरी दिदि थिइन् । भय तिमी म भन्दा दिदी छेउ , मेरो लागि तिमी नै ठूलो हौ भन्थे। तेस्तै गरि म रुयको दिन अर्को मेरि एउटि सरिता बिक साथी सिन्धुलीबाट म र मेरो दुईवटी तामाङ साथीलाई भेटन आइन् । 

उनीहरु त डरले काम्न थाले । साथीचाहिं भन्ने तर घरमा हुल्न भने नमान्ने । त्यति टाढाबाट आएकी साथीलाई फर्केर जाउ भन्नपनि कसरी भनूँ । मैले केही उपाय नपाएपछि साथीलाई जात ढाट्न लगाएं । त्यतिखेर आमाबाबा काठमाडौ आउनुभएको थियो । म, जेठो मामा अनि कान्छी सानीमा घरमा थियौं । 

म अलपत्र परें । घरमा लैजाउ मलाई नै निकल्ने डर मैले साथीलाई तिम्रो जात ढाँट भनें । साथीले बिकलाई राइ बनाइन् । मैले मेरो घरमामा लगेर खाना खुवाएँ । संगै सुताएं पनि । त्यो पल रमाइलो नै भयो । तर गाउँमा हाम्री साथी तल्लो जाती भन्ने कुरा कहाँबाट थाहा पाएछन् कुन्नी, त्यसको २-३ दिनपछी त मेरै बेइज्जत गराइयो ।

गाउँका बुडापाका भनाउदाहरुको गाली सबै मैले खाएँ । मलाई यो सब कुरा देख्दा धेरै रुन मन लाग्यो र रोएँ पनि सानैदेखि जीवनमा दु:ख पाएको भएर होला, मान्छे सानी भएनि म अरुको दु:ख सुखमा साथ दिन्थे । मलाई सानैदेखि हरेक कुराको सहि-गलत थाहा हुने गर्थ्यो ।

मरि लानु केही छैन । मान्छे जातमा सानो ठुलो कोहि हुन्न । विचारमा सानो ठुलो हुने हो । यो दुनियाँ आज होकि भोलि टुंगो हुदैन । काटे एउटै रगत आउँछ । मरेर सबै खरानी हुने हो । यो समाजमा जनचेतना जगाउनु अति आवश्यक छ । सबैको सोचमा परिवर्तन लयाउनु आवश्यक छ । जय नेपाल, जय नेपाली ।
(अर्थ सरोकार डटकमका लागि सिमा बस्नेतको ब्लग)

2 comments: