दलित र गैरदलित प्रेमको दुखद अन्त्य, आठ महिने गर्भको बच्चा र आमालाई जिउँदै जलाइयो

विभेद बिरुद्ध अभियान - जेष्ठ ३- एजेन्सी । भनिन्छ प्रेममा जे कुरा पनि जायज हुन्छ। तर प्रेम गर्ने एक दलित र गैरदलित जोडीको प्रेमको भने दुखद अत्य भएको छ। यो घटना हो भारतस्थित बिजयपुरा जिल्लादेखि ९३ किलोमिटर टाडा एउटा गाउँको । त्यहाँको गुन्डकनाला भन्ने गाउँका बानु र शरणप्पा नाम गरेका जोडी बाल्यकालदेखि नै प्रेममा थिए। 

बानु र शरणप्पाको बाल्यकालको प्रेम जवानीमा अझै फल्यो, फुल्यो । यो सुखद हुनुपथ्र्यो तर यस प्रेमको यस्तो दुखद अन्त्य भयो । सुनेर मात्रै पनि आँखामा आँसु रसाउँछ। त्यस दर्दनाक हत्याकाण्डपछि त्यहाँ दलित र मुसलमानबीच तनाव भने भएको छैन्। यो भने सुखद खबर हो। बानु र शरणप्पाले बानुको परिवारको इच्छा विपरित विवाह गरे। बानु मुस्लिम समुदायकी छोरी हुन् भने शरणप्पा दलित समुदायका । 

दलित र मुस्लिमबीचको विभेदका कारण उनीहरुको प्रेमलाई बानुका परिवारले लामो समय टिक्न दिएनन्। विवाहपछि बानुको पेटमा आठ महिनाको बच्चा हुर्किदै थियो। तर उनले दलितसँग विवाह गरेका कारण उनको बच्चासँगै उनलाई जिउँदै पेट्रोल खन्याएर आगो लगाइयो। 

बानुकी सामु कस्तुरीबाईले आफ्नी बुहारीको यस्तो दर्दनाक घटना सुनाउँदा आफ्नो आँखाबाट आँसु झारिन्। तर बानुकी आफ्नै आमालाई भने छोरी जिउँदै जलाउँदा केही केही पीडा भएन्। बानुकी आफ्नै आमाले बानुलाई घरबाट घिसार्दै बाहिर निकालेर पेट्रोल छर्की आगो लगाएर छोरीको ज्यान लिएकी थिइन्। 

बानुकी सासु कस्तुरबाईले आफ्नो झुपडीमा खाना पकाउँदै थिइन्। केही आवाज सुनेपछि बाहिर निस्किएर हेर्दा केटी पक्षका केही व्यक्तिले हतियार सहित आफ्नो छोरालाई लखेटिरहेको देखिन्। उनी दौडिदै स्कुल तिर गइन् त्यहाँ पनि उनीहरुले आफ्नी बुहानीको पिछा गरेको देखिन्। त्यसपछि उनलाई सम्झना भयो की बानुकी आमाको धम्की । 

उनले घटनाबारे यसरी सुनाइन्, उनीहरुले मेरो घाटी दबाइदिए र बुहारीलाई खिसार्दै बाहिर निकालेर उनको पेटको बच्चामाथि ढुंगा प्रहार गरे। र पेट्रोल खन्याएर आगो लगाएर ज्यान लिए। ती ढुंगा स्कुल निर्माणका लागि राखिएका थिए। 

शरणप्पा आफ्नी पत्नीको ज्यान बचाउँनका लागि दौडिए तर उनीहरुले बानुको ज्यान लिइसकेका थिए। शरणप्पा भन्छन्, बस् म आफ्नी गर्भवती पत्नीको हत्याको बदला लिनका लागि अहिलेसम्म जिउँदो छु। घटना पछि प्रहरीले हत्यामा संलग्न केही व्यक्तिलाई पक्राउ परेर अनुसन्धान गरिरहेको छ।

No comments:

Post a Comment