बहालमा बस्नेमाथि जातीय विभेद तथा छुवाछुतजन्य व्यवहार गर्ने घरभेटी विरुद्ध मुद्दा दर्ता

विभेद विरुद्ध अभियान - २ असार काठमाडौं । बहालमा बस्नेमाथि जातीय विभेद तथा छुवाछुतजन्य व्यवहार गर्ने एक घरभेटीविरुद्धको मुद्दा दर्ता भएको छ ।
ललितपुर महानगरपालिकाको – २५ नख्खुस्थित बस्दै अाएकी मतीमाया दर्जीले घरभेटी सावित्री केसी (खत्री) विरुद्ध पहिलो पटक मुद्दा दर्ता गरकी हुन् । जातीय विभेद तथा छुवाछुत (कसूर र सजाय ) ऐन २०६८ अनुसार कानूनी कारवाही माग गर्दै जेठ २९ गते महानगरिय प्रहरी परिसर ललितपुर जावालाखेलमा मतीमायाले मुद्दा दायर गरेकी छन् ।
घर मालिक सावित्रीले अाफूमाथि पटक पटक जातीय विभेद गरेकाले मुद्दा दायर गरेको मतीमायाले बताएकी छन् ।
राजधानिलगायत देशका विभिन्न ठाउँहरुमा घर मालिकबाट दलितमाथि जातीय विभेद तथा छुवाछुतजन्य व्यवहार हुँदै आएको भएतापनि कानूनी रुपमा कारवाहीको लागि प्रहरी कार्यलयमा दर्ता भएको अनलाइन डबलीमा खबर छ  ।

No comments:

Post a Comment