कामीकाे छाेरा भएर मेराे छाेरालाई हात फर्काउने भन्दै हात भाचिदिए

विभेद बिरुद्ध अभियान - जेष्ठ २२  -स्वर्गद्वारी नगरपालिका ५ सारी मा पञ्चायतकाल सम्झाउने गरि एउटा घटना घटेको एक प्रत्यक्षदर्शिले नाम नभन्नु भन्दै मलिन स्वरमा भने ।यस्तै हुन्थ्यो पञ्चायतकालमा बाेल्न मिल्दैन थियो कुरा काटेपछि सजाय दिनथे ।   उनिहरुले जे जस्तो अन्याय गरे पनि बाेल्न मिल्दैन हामीले सहनु पर्छ भनेर सहन्थ्याै । अाज तेहि कुरा सम्झे मन राेयाे , तर के गर्नु यहाँको चलन यस्तै छ पञ्चायत काल हटे पनि सबै उस्तै छ मान्छे उनै हुन ब्यवहार अझ कडा भन्दै उनकाे अावाज बाेलि बन्द भयाे किन नबाेलेकाे भन्दा डर लाग्छ भन्दै झस्किए तेहि अाखामा नाचिरहेकाे छ भने , म नतमस्तक भए ,यति ठुलाे अन्याय अत्याचार कसरी सहे हाेलान म साेचिरहे । साेच्दै छु म सपनामा कि विपनामा त्यो वुबाकाे कुरा सुन्दा खलखलि पसिना अायाे । 

पीडितले जानकारी दिए अनुसार केहि दिन अघि स्वर्गद्वारी नगरपालिका ५ सारी निवासी प्रकाश बि क र उनकाे फुबुकाे छाेरा (भाइ ) बर्ष १२ काे सन्दिप बिक दुईभाई तल्लो सारि बाट प्रकाश ले काधमा अापकाे बाेराकाे बाेरा बाेक्दै दुईभाई कुराकानी गर्दै घर जादै गर्दा लेखनाथ थापाले अश्लील शब्द बाेल्दै तेरे मा... फल्नाे भन्दै पछिपछि अाएर गालि गर्दा किन गालि गर्छस बाेल्नेभए राम्रोसँग बाेल हाेईन भने नबाेल भन्दै हामि अगाडि हिड्दै गर्दा पछिबाट फेरि अश्लील गालिगलाेज गर्दै भन्छु के गर्छस भनेर धकेल्दा हामि बिचमा हानाहान भयो र उसले तेतिकैमा (लेखनाथ थापा) ले बुबा अामा भाइ लाई बाेलाई अाफुलाइ साङ्घातिक कुटपिट गरे काे पिडित प्रकाश बि क ले बताएका छन , लेखनाथका बुबा अाए पछि खुसिलागेकाे थियोे तर उनले नै मलाई कस्काे छाेरा हाेस भनेर साेध्दै मलाई भुईमा पछ्छारि पछ्छरि कुटे ।  त कामी काे छाेरा मेराे छाेरालाई हात फर्काउने तैले सहन सक्दैनथिस भन्दै अश्लील शब्द बाेल्दै बाउछाेराले कुटे मेरो हात भाच्चियाे मलाई नकुट भन्दापनि कुटिरहे मेराे १२ बर्षकाे भाईलाइ पनि कुटे । बढि भईस भने हातखुट्टा भाचेर फालिदिन्छम भन्दै मलाई धम्काए । 

यहि घटनाका बारेमा ईलाका प्रहरी कार्यालयकाे परिसरमा न्याय माग्न सानाे भाईलाई लिएर गएका प्रकाश बिकले भारतमा बसेर हुर्केको भएका ले आफु नेपालको कानुनको बारे अनभिज्ञ रहेको बताउदै के नेपालको कानुन मा कथित साना भनिएका जात लाइ कुट्ने र तिनले सामाजिक छुवाछूत विभेद सहनु पर्ने चल्न छ हो भनेर अनभिज्ञता पोखे ।कामिकाे घरमा जन्मलिनु मेराे जन्मजात गल्ती हाे ? मैले त्  कानुनमा सबै नागरिक काे समान अधिकार छ भने सुनेको भएर सामाजिक विभेद गर्ने साङ्घातिक हमला गर्ने र कानुन हातमा लिई मनाेमानि गर्ने लाई कानुनको दायरामा ल्याई अावश्यक कार्वाही गरि न्याय पाऊँ भन्दै  आफु  प्रहरी कार्यालयमा अाएकाे हुनाले आफुलाई न्याय दिलाउन सवै संग सहयोग को अपिल गरेको माडी  खबरमा समाचार छ । 

No comments:

Post a Comment