बाजुरामा प्रेमबहादुर बिकलाई भैँसीको गोठ छोएको भन्दै दुई हजार जरिबाना गराइयो

विभेद बिरुद्ध अभियान - बाजुरा, असार १० – बाजुराको छेडेदह गाउँपालिका-१ बिराडी गाउँमा प्रेमबहादुर बिकले भैँसी गोठको छाना छोएको निहुँमा दुई हजार रुपैयाँ जरिबाना तिराएका छन् ।शुक्रबार दिउँसो स्थानीय तहको चुनावका लागि नेकपा एमालेको प्रचारमा हिँडिरहेका बेला राजेन्द्र बहादुर सिंहले आफ्नो  भैँसी गोठको छानो किन छोएको  ‘डुम कमारा मेरो छाना किन छोईस ? अव मेरा देउता रिसाउँछन्’ भन्दै गाली बेइज्जती गर्दै २ हजार रुपियाँ जरिबाना तिराएको भन्दै पीडितले असार ९ गते जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन् ।
‘आफूमा परेको अन्यायको छानबिन गरी न्याय दिलाइ पाउँ’ भन्दै इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहलाई पीडित प्रेमबहादुर बिकले ०७४ असार ९ गते निवेदन दिएपछि इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले पीडितलाई जिल्ला प्रशासन जान सल्लाह दिएका थिए ।

प्रेमबहादुर नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार वीरबहादुर रावलसँगै प्रचारका लागि हिँडेका थिए । ‘छानाको बाटो भएर झण्डै २० मिटर टाढाबाट हिँड्दा पनि नराम्रो शब्द प्रयोग गरी मेरो छाना किन छोइस ? अब देउता रिसाउँछन् पुज्नु पर्‍यो भन्दै जरिबाना तिराए’ प्रेमबहादुरले घटनाबारे सुनाए । वडा अध्यक्षका उम्मेदवार वीरबहादुर भने ‘ प्रेम बहादुर सँग पैसा थिएन, त्यही भएर मैले आफै पैसा तिरिदिएको हुँ । पैसा नतिरे सम्म प्रेमबहादुरलाई दुःख दिने भए । उनलाई नछोड्ने भए भनेर तिरिदिएँ ।’

प्रेमबहादुरले आफूमाथि भएको जातीय बिभेदको घटनाबारे दलित विकास मञ्चमा जानकारी दिएको स्थानीय बासिन्दा शंकर चदाराले बताए । ‘मञ्चले प्रेस बिज्ञप्ती मार्फत खेद ब्यक्त गरेको छ । कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरी पनि गरिएको छ’ उनले भने ।प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने-‘यो जघन्य अपराध हो तुरून्त प्रहरी प्रशासन लगाएर पीडकलाई झिकाई कानुन सम्मत कारबाही गर्ने बताएका छन ।

No comments:

Post a Comment