बागलुङ भिमगिठे ५ मा दलित महिलाहरुले बनाए शिवालय मन्दिर

विभेद बिरुद्ध अभियान - बुर्तिबाङ, ८  असार । बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ७ साविककाे भिमगिठे ५ मा दलित महिलाहरुकाे सकृयतामा शिवालय मन्दिर निर्माण भएको छ । मन्दिरकाे अाज एक कार्यक्रमका बिचमा उद्घाटन गरिएकाे छ ।उद्घाटन कार्यक्रममा बाेल्ने बक्त्ताले मन्दिर निर्माण मात्र गरेर नभई त्यसकाे संरक्षणमा पनि लाग्न आग्रह गरे । लक्षित बर्गबाट छुटिएकाे ४० हजार र ३ लाख पचास हजार बरावरको जनश्रमदान गरि कुल ३ लाख ९० हजारको लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो ।कार्यक्रममा दलित अधिकारकर्मी तथा समाजसेवी टिपुरे सुनारकाे प्रमुख अाथित्यता रहेकाे थियाे । कार्यक्रम बाेल्दै दलित हक हितका लागी अाफु बाेल्दै अाएकाे र अझै पनि समाजमा हुने जातिय छुवाछूत अन्तय नभएकाले सबै दलित एकै हुनु पर्नेमा जाेड दिनुभयाे । कार्यक्रमा बाेल्दै हुने खाने दलितले नै दलितलाई पछाडि पारेकेा बताउनु भयाे । सहि अबसरमा प्रमुख अथिती लगाएत अन्य अथितीहरुले जम्मा २० हजार ३ सय ६ रुपैया मन्दिरलाई सहयाेग गरेका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेसका हेमराज चालिसे एमालेका कृष्ण भट्टराई र माअाेवादी केन्दका डाेर बहादुर खड्का लगाएतकाे बिष्टिठ अाथिथ्यता रहेकाे थियाे । कार्यत्रमा खड्ग जयन्ती युवा कल्वका पुर्व अध्यक्ष चुरा केसी दिनेश शर्मा लगाएले शुभकामना मन्तव्य राखेका थिए ।
साेहि कार्यक्रममा भगवान शिवकाे मुर्तिमा पुजाअाजा गरि मन्दिर भित्र राखिएको छ । कार्यक्रम दलित महिला समुहकी अध्यक्ष तुल्सी बिककाे अध्यक्षता सदस्य बुद्ध बिककाे स्वागत मन्तव्य र पत्रकार बिमल खड्काकाे संचालनमा सम्पन्न भएकाे छ ।

No comments:

Post a Comment