स्याङ्जाका ७० वर्षे दुर्गे कामी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण भए

विभेद बिरुद्ध अभियान , असार ३ः माध्यमिक शिक्षा परीक्षा एसईईको शुक्रबार प्रकाशित नतिजामा स्याङ्जा फेदीखोलाका दुर्गे कामी उत्तीर्ण भएका छन् ।

७० वर्षको उमेदमा एसईई परीक्षामा सामेल भएका स्याङ्जा फेदीखोलाका कामीलाई पनि उच्च शिक्षाको बाटो खुलेको छ । नतिजामा १.२ जीपीए ल्याएका उनले क्याम्पस पढेर शिक्षक बनी शिक्षाको महत्वबारे सिकाउने लक्ष्य राखेका छन् ।फेदीखोलास्थित खड्केटारीको कालाभैरव माविबाट दुर्गेसहित २३ जनाले परीक्षा दिएका विद्यालयका प्रधानाध्यापक खगेन्द्र सुवेदीले जानकारी दिए ।

१६ वर्षअघि जीवनसंगीनी रुपालाई गुमाएका उनका चार छोरा, तीन छोरी र नौ नातिनातिना रहेका छन् । यद्यपी उनी एक्लै बर्ने र खाना आफै पकाउने गर्छन् । न्युन आएका भएका उनी अर्काको काम गरेर दैनिक खर्च चलाउँछन् ।विद्यालय समयमा लठ्ठी टेक्दै नियमित हाजिर हुने गरेका उनले विदाको दिन अरुको मेलापात गर्ने गरेका थिए ।

No comments:

Post a Comment