विभेद बिरुद्ध अभियान - जेष्ठ ३- प्रकृति र मानवसमाजको नियम दण्डवादी र भौतिकवादी विश्व दृष्टिकोणबाट भएको आज संसारभरी नै सत्य प्रमाणित भएको छ । ५ हजार वर्षको मानव विकासको इतिहासमा मानव जातिले वैज्ञानिक विचारको आधारमा आ आफ्नो समुदायको नेतृत्व गर्दै आएको छ , मानव समाजको विकास क्रममा समाजमा वर्ग र समुदायको उदय भएको थियो ।
त्यस क्रम संगै संसारमा समुदायको मुखिया,राजा रजौताको उदय भएको पाइन्छ, झन्डै ३०० वर्ष पहिले दक्षिण एशियाको भारतीय उपमहाद्दिपमा आर्यवशको ब्राह्मण समुदायले समाजको नेतृत्व गर्न ४ जातको वर्णश्रम हिन्दु बिधान मनुस्मृतिको आधारमा व्यवस्थाको आविष्कार गरेका थिए । विभाजनको शुरूवातमा सामाजिक बिभेदको रुपमा नभै समुहको सहि सदुपयोग गर्नेको लागी र समुह बिकास गर्नेको निमित्त, पेसा गत आधारमा राज्यसत्ता संरचनामा खेती,व्यापार र जनसेवा कार्य गर्न,श्रेणिमा त्यतिबेला मानिसलाई ४ जात वर्णश्रमको व्यवस्थामा विभाजन गरेको पाइन्छ ।
यद्यपि समाजमा ३०० वर्ष भन्दा पहिला नै वर्ग विभाजन भैसकेको तथा निजि सम्पत्ति,निजि परिवार एवं राज्यसत्ताको उत्पत्ति भइ सकेको भए पनि जाती पातीको उत्पति खासै थिएन । तर हिन्दु धर्मको आधारमा राज्यसत्तालाई आफ्नो कब्जा बनाइ राख्नको लागि वर्णाश्रम धर्म लाई समाजमा मह्त्वपूर्ण स्थान दिइयो । नेपालमा जातीय छुवाछूत प्रथाको शुरवात लिच्छविकाल सन १६२-७८९ मा भए पनि सस्थागत मान्यता भने पाएको थिएन । लिच्छविकालको पतन पछि मल्लकालिन राज्यको शुरुवात भयो !
१३ औं शताब्दीतिर भारतमा हिन्दु र मुस्लिमहरुको युद्धमा पराजित पश्चात् हिन्दु धर्मरक्षाका निम्ति नेपाल प्रवेश गरेका आर्यहरु सुरुका दिनमा शरणार्थी हुदै रैथाने बनेर धर्मको आधारमा राज्यसत्ता चलाउन मुल कानुन बनाउनको लागी सन १३६०-९५ देखि नेपाली धर्तिमा एक समुदायलाई मानव सभ्यता विपरीत जबर्जस्ती शुद्र घोषणा गरियो,कठोर दण्ड सजायको कानुन बनाएर समुदायलाई विखण्डन तिर धकेलिएको थियो ।
वि.स. १४३७ मा भारत बाट आएका आर्य र नेपालका राजा जयस्थिती मल्लले हिन्दु धर्मग्रन्थ मनुस्मृतिको आधारमा भारत बाट बोलाइएका पाँच जना कट्टर हिन्दुवादी व्राहमणहरु कृतिनाथ उपाध्याय, रघुनाथ झा,राम नाथ झा,श्रीनाथ भट्ट र महिनाथ भट्टलाई नेपाल काठमाडौं राज्यमा नेवार समुदायको मानिसलाई जातजातिमा बिभाजन गरेको पाइन्छ । साथै व्राहमणवादी कठोरप्रकारको वर्णश्रम कानुन बनाएका थिए ।
वि.स.१६०६-१६६३ मा गोरखा राज्यका राजा रामशाहले पनि मल्ल राज्यको सिको गर्दै, समाज नै अछुत हुने गरि श्रेणी विभाजन गरे राम शाहको राज्यकाल पछि पृथ्वीनारायण शाहले पनि बुबाले बनाएको नियम कानुनलाई अझै बलियो बनएर निरन्तरता दिदै गएको पाइन्छ । पृथ्वीनारायण शाहले किर्तिपुर सङ्गको पहिलो लडाइँ सन १७५७ मा गरेको थिए ।
त्यो युद्धमा पृथ्वीनारायण शाह नराम्रो सङ्ग पराजित भएको र कालू पाण्डे सहित ४०० सैनिकको मृत्यु भएको थियो । युद्धमा हार भए पछि सबै सैनिक भागे तर पृथ्वीनारायण शाह एक्लो भएका थिए । केहि तल्लो जातिका मानिसले राजा हुन मार्नु हुदैन भनेर रातारात नुवाकोट ल्याउन सहयोग गरेका थिए त्यसैको गुण तिर्न पृथ्वीनारायण शाहले तल्लो जाती शुद्र जातिलाई जाती उकासेर उपल्लो जाति बनाएर आफ्नै राज्यमा राखेको पाइन्छ ।
यस्तै राज्य बिस्तारको क्रममै पृथ्वीनारायण शाहले सन् १७६२ मा मकवानपुर राज्यमा हमला गरे मकवानपुरे राजा दिग्बन्धन सेन (उनी मगर जातिका थिए) लाई पराजित गरे पछि दिग्बन्धन सेन भागेर हरिपुर भन्ने ठाउँमा बसेको थिए । हरिपुरमा बसेको थाहा पाएर पृथ्वीनारायण शाहले आफ्ना केहि सैनिक पठाइ पक्राउ गरि ल्याउनु लगाए सैनिकहरुले राजा सहित सबै परिवारलाई पक्राउ गरि ल्यायो ल्याइएको केही समय पछि मकवानपुरे राजा दिग्बन्धन सेनलाई मृत्यु दण्ड दिइयो राजाका सन्तानलाई सार्की जातिमा जातिच्युत गरेका थिए । अहिले पनि सेन राजाका सन्तानहरु मगराती सार्की लेख्ने गर्दछन ।
सुरेन्द्र शाहको पालामा जङगबहादुरले शाहवंशको बिच वैवाहिक सम्बन्ध कायम गर्न खोज्दा जातीयताको समस्या भएको थियो । जङगबहादुर कुँवर जातिका थिए किन भने त्यतिखेर कुँवर र शाह जाती बिच कुनै वैवाहिक सम्बन्ध कायम हुन सक्दैन थियो । त्यसैले जङगबहादुरले वि.सं १९०५ मा आफ्नो कुँवर थर त्यागी राणा थरमा जाति उकासे तर अन्य जातिको लागि १९१० मा जातीयताको कानुनलाई झन् कडाइ गर्दै लगेको पाइन्छ ।
वि.स १९११ मा स्वयं जङगबहादुरले फत्तेजङ्ग शाहको बहिनी हिरण्यगर्भ शीत विवाह गरेर शाह वंश सङ्ग नाता गासेको पाइन्छ ।यसले के कुराको प्रमाण दिन्छ भने शासकहरु आफू खुशी जातिच्युत र जाति उकास्ने काम गर्दै राज्य सत्ता संचालन गरेका थिए । १९५१ मा बेलायत भ्रमण जादा आफ्ना भाइलाई देशको दैनिक प्रशासनको बागडोर सुम्पेको थिए । जङगबहादुर राणा बेलायत भ्रमण पूरा गरि स्वदेश फर्के पछि भाइहरु सङ्ग आम्दानी खर्चको हिसाब मागे यो कुरा जङगबहादुरको भाइलाई मन परेन त्यसैले जङगबहादुर समुन्द्र पारी गएर फर्केको हुँदा जातिच्युत भएको झयाली पिटाए । यो कुराले जङगबहादुरलाइ रिस उठेपछि त्यसैको रिसमा करविर खत्री लगाएत प्रशासन सहयोगी र सयोगीको परिवारलाई जातिच्युत गरेको पाइन्छ ।
२००४ सालमा अछुत जातिलाई मुक्तिको लागी एकै पटक ३ वटा संघसंगठनको शुरूवात भयो । बाग्लुङ्गमा भगत सर्वजित विश्वकर्माको नेतृवमा (विश्व सर्वजन संघ)काठमाडौंका सहर्षनाथ कपालीको नेतृत्वमा (टेलर युनियन )र धरानका जदुविर विश्वकर्माको नेतृत्वमा नेपाल समाज सुधार संघको गठन भयो ।
यी तीन संगठनहरु राजनीतिकार्य दिसा र फराकिलो सांगठनिक रुपमा फराकिलो भएको भने पाइदैन । तर पनि जुदविर विश्वकर्माको नेपाल समाज सुधार संघ भने अन्यको तुलनामा अलि सशक्त मानिन्छ । यसरी २००४ साल बात शुरु भएको आन्दोलन राजनीतिक कार्यदिसाको अभावमा खासै अगाडी बढेको पाइदैन, फेरि पनि यी संगठनले केही मात्रमा भए पनि अछुतो होइनौं हामी सम्मान छौ भन्ने सन्देश दिन खोजेको देखिन्छ ? यो एउटा बिद्रोहको शुरूवात पनि हो ।
तर केहि ब्याक्तीले यी संगठनको नाम बाट मन्त्री बन्ने होडबाजी नै चलाए यसको शुरूवात पंच्यातको पालामा हिरालाल विश्वकर्माले गरे, हिरालालले अछुत जातिको हितमा भन्दा पनि आफ्नो स्वार्थको हितमा लागेको पाइन्छ । त्यसको असफलता सङ्गै २०१५ मा तुलाराम वि.क.को नेतृत्वमा राष्ट्रिय अछुत मुक्ति परिषद् गठन भएको थियो । अछुत मुक्ति परिषद्ले पनि जन भावना अनुसारको काम गरेको देखिदैन । २०२४ सालमा मिठाइदेवी वि.क.को नेतृत्वमा नेपाल दलित जनविकास परिषद्को गठन भयो । माथी उल्लेख गरिएको संघसंगठनको नाम भन्दा अलि छुट्टै खालको नाम दलित भन्ने शब्दमा रहेको पाइन्छ ।
के हो दलित शब्दको अर्थ ?
दलित शब्दको व्युत्पत्ति संस्कृत भाषाको ‘दल’ धातुबाट भएको हो, जसको अर्थ तोड्नु, भाँच्नु, कुल्चिनु आदि हुन्छ । केही शब्दकोशमा दलित शब्दको अर्थहरूलाई पनि नजर गरौं ।
नेपाली शब्दकोशहरूमा दलित
दलित : दलिएको
दलित : दमन गरिएको, थिचिएको, कुल्चिएको
दलित : विध्वंश गरिएको, नष्ट गरिएको
दलितवर्ग : समाजमा हक, इज्जत र प्रतिष्ठा समानरूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले शोषिएको वा पछि परेको जनसमुदाय ।
अक्सफोर्ड डिक्शनरीमा दलित
दलित : डिप्रेस्ड (तल्लो जाती अछूत वर्ग)
भारतमा सयौँ अछुत समुदायहरुलाई एकमुष्ट सम्बोधन गर्न डा अम्बेडकरले १९२७ मा दलित शब्दको प्रयोग गरेका हुन । दलित शब्दको प्रयोग त्यो समयको लागी सहि र सान्दर्भिक थियो । किन भने भारतमा सयौं अछुतो समुदायलाई त्यो समयमा दलित शब्द तर महात्मा गान्धीले हरिजन शब्दको प्रयोग गर्न पनि खोजेका थिए । पछि दलित शब्द नै स्थापित भयो । बृहत् अंग्रेजी हिन्दीकोशमा हेर्ने हो,भने दलित र हरिजन उस्तै उस्तै शब्द हुन ।
किन आवश्यक छ दलित शब्द सङ्गै समाज परिवर्तन ?
२०४९ सालमा विभिन्न अछुत संघसंगठनहरुको एकीकरणबाट बनेको नेपाल उत्पीडित दलित जातीय मुक्ति समाजलगायत विभिन्न राजनीति दलको उत्पत्ति सङ्गै दलित भातृ संगठनको पनि उत्पत्ति भएको पाइन्छ । २०४६ को कानुनलाई दलित नेतृत्वहरुले प्रयोग गराउन नसक्नु र जातीयत छुवाछूत कायमै हुनु यसले के देखाउछ भने दलित नेतृत्वहरु सशक्त छैनन् भन्ने प्रमाण दिन्छ ।
२०५२ सालको माओवादी आन्दोलनले दलित अछुतो जनताको चेतनालाई धेरै माथी उकास्ने काम गरेको जग जाहेर नै छ । जोसुकैले जे भने पनि माओवादीको जनयुद्धले दलित अछुतो जातिको लागी १० वर्षको शिक्षा जस्तै भएको पाइन्छ । जनयुद्धले हामी अछुतो, दलित होइनौं ? हामी सबै सम्मान हौं भन्ने दलित समुदायको चेतना १ प्रतिशत बात ५०प्रतिशत भन्दा माथि नै पुगेको छ २०५२ को तुलनामा २०६३ धेरै फरक परेको अवस्था हो । तर दलित नेतृत्वहरु पाएको अधिकार पनि प्रयोग गर्न फेरि पनि चुकेका छन । नेपाली समाजमा भएका राजनीतिक परिवर्तनले कानुनी रूपमा होस ,वा सामाजिक रुपमा जातीय छुवाछूतमा पनि केहि परिवर्तन आएको कुरालाई नकार्न सकिन्न ।
मानिसले प्राप्त गरेको शिक्षाले उसको चेतना स्तरमा भएको सकारात्मक परिवर्तन नै जातीय छुवाछूत अन्त्यको मूल अस्त्र बन्न सक्छ। वर्तमान समय विश्व भुमण्डलीकरणको समय हो । आधुनिकीकरण उन्मुख हाम्रो युवा जमातले जातीय भेदभाव स्वीकार गर्दैन । आज हरेक मानिस परिवर्तनको पक्षधर छ, यस्तो अवस्थामा दलित शब्दलाई अहिलेको पुस्ताले खासै रुचाएको पनि पाइदैन किन भने दलित शब्द अपमानित हो यो शब्दको साथै आफू पनि अपमानित भएको ठान्दछन् । वैज्ञानिक हिसाबले हेर्दा पनि दलित शब्द अपमानित शब्द नै देखिन्छ, माथी उल्लेख गरिएको शब्दमा अनुसार हेर्ने हो,भने पनि अपमानित बाहेक अरु केहि छैन ।
दलित शब्दले दलित आन्दोलनलाई बलियो बनाएको भन्ने कुरामा म पनि सहमत छु । तर समय परिवर्तनको बाहक हो भन्ने कुरा सबैलाई थाहा नै छ समय सङ्गै संसार नै परिवर्तन भएको छ, हामी पनि परिवर्तन हुनु नै पर्छ र दलित शब्द पनि परिवर्तन गरेर सबैलाई सम्मान हुने शब्द पनि खोज्नुपर्छ ।
दलित शब्द परिवर्तन गर्नु भन्दैमा अहिले सम्मको भएको उपलब्धिलाई गुमाउनु पनि होइन । यसले पुरानो उपलब्धिलाई सस्थागत गर्दै जानु हो, पुरानो उपलब्धिको आडमा नयाँ सम्मान हुने वातावरणमा ल्याइ अहिलेको युवा जमातमा आन्दोलनको वातावरण बनाउन सक्नुपर्छ । अहिलेको युवामा लज्जाबोध किन हुन्छ भने म अहिलेसम्म अन्य नागरिक सरह समान हुन सकिन,भन्ने प्रश्न पनि गरिरहेका छन तर पीडा र लज्जाबोध भयो भनेर भाग्ने होइन, हामीले दलित बनाउने संरचनालाई ध्वस्त पार्न आन्दोलनको निर्माण गर्नु सक्नु पर्छ ।
यसको अर्थ राजनीतिक, ऐतिहासिक परिवेशमा खोज्नुपर्छ तर दलित समुदायले पनि दलित भनेको के हो ? भनेर बुझ्न पाउने कि नपाउने प्रश्न खडा हुन्छ । कसरी दलित शब्दको उत्पत्ति भएको थियो भनेर माथी नेपाली शब्दकोष मात्रै होइन अन्य शब्दको परिभाषा पनि राख्ने प्रयास गरेको छु । शब्दमा मात्रै होइन समाज परिवर्तनको पनि जरुरी छ समाज परिवर्तन गर्न को लागी युवाहरूको प्रमुख भूमिकाको आवश्यक हुनुपर्छ भन्ने हो । समाज परिवर्तन सङ्गै शब्द पनि परिवर्तन हुनुपर्छ, राजाहरु पनि समय सङ्गै खान बाट शाह र कुवर बाट राणा भएका थिए । दलित शब्द सङ्गै समाजलाई पनि परिवर्तन गर्न,आजको आवश्यकता हो ।
बेनिंलाइन बाट साभार
No comments:
Post a Comment