विश्वकर्मा समाज युएईद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

विभेद बिरुद्ध अभियान - असार ११ - विश्वकर्मा समाज युएईले म्यगसेसे अवार्ड विजेता महाविर पुनको पहलमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
विश्वकर्मा समज युएईका सदस्यहरुबाट आर्थिक संकलन गरेर ५० हजार ४ सय ७२ रुपैयाँ महाविर पुनको नाममा नेपाल पठाइएको समाजका अध्यक्ष बाबुराम विश्वकर्माले जानकारी दिए ।
समाजले स्वास्थ्य, विज्ञान, प्रविधि, वन, कृषि लगायतका विषयमा अनुसन्धान गरि देश विकासमा टेवा पु¥याउने उद्देश्यले राष्ट्रिय अविष्कार केन्द्रलाई आर्थिक सहयोग संकलन अभियान शुरु गरेको पनि उनले बताए ।

No comments:

Post a Comment