प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त

विभेद बिरुद्ध अभियान  , असार २६ः प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त भएका छन् ।

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।लायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् ।समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । परिवार राजनीतिक विटमा बिज्ञ मानिन्छन् ।

परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गरेका छन् । यसअघि, परियारले समय साप्ताहिक, नागरिक दैनिक लगायतका पत्रपत्रिकामा काम गरिसकेका छन् ।

तनहुँको भानु नगरपालिकामा जन्मिनुभएका परियारले खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भईसकेका छन् ।

No comments:

Post a Comment