मोरङको सुन्दर हरैचामा जातिय भेदभाव तथा छुवाछूत ऐन सहितको सुचना पार्टी राखियो


विभेद बिरुद्ध अभियान - असार १९ , मोरङ जिल्ला कै सबै भन्दा ठुलो नगरपालिका सुन्दर हरैचा नगर पालिका मा नगर पालिका र दलित उत्थान नगर समन्वय समिती द्वारा संविधान मा उल्लेखित जातिय भेदभाव तथा छुवाछूत ( कसुर र सजाय ) ऐन २०६८ , लाई सुचना पार्टी मा लिपिबद्द गराइ सोही नगर पालिका को विभिन्न ठाउँ मा राखिएको छ।
जस मध्य इटहरी उप महानगरपालिका र सुन्दर हरैचा नगर पालिकाको सिमानामा रहेको बुढी खोला आसपास को क्षेत्र राजमार्ग मा , त्यस्तै नगर पालिकाकै बिराट्चौक प्रहरी चौकी आसपास राजमार्ग मा अनि हरैचा बजार साथै मृगौलिया बजार मा एक एक गरि जम्मा चार सूचना पार्टी राखिएको जान कारी सोही समिती का अध्यक्ष काजिमान बिस्वकर्मा ले गराउनु भएको छ।
मोरङ \मा जातीय भेदभाव तथा छुवाछूतका घटना \हरु दिन प्रतिदिन बढी रहेको मा चिन्ता ब्यक्त गर्दै यी सुचना पार्टी मार्फत भए पनि घटना न्यूनीकरण को लागि पहल हुनेछ भन्ने बिस्वास आफुले लिएको सोही समिती का सचिब भोलामान बिस्वकर्मा ले बताउनु भयो।
"एक्काइसौं सताब्दी , ग्लोबल दुनिया, डिजिटल युग,.... तर पनि हामी यो सूचना पार्टी राख्न बाध्य छौ नेपाल मा " यी शब्द हुन सोही समिती का सदस्य माधब ज्यु का। मोरङ मा पछिल्लो समय मा जातिय भेदभाव , छुवाछूत , अन्तरजातीय बिबाह ले निम्त्याएका घटना मा वृद्धि भैरहेको बेला यस्तो साथै अन्य कार्यक्रम ल्याउनु बाध्यात्मक रहेको पनि उहाले बताउनु भयो।

No comments:

Post a Comment