भोट हालेको तस्वीरले विक्रम दर्जीलाइ ह्वीलचियरको साहारा दिलायो

विभेद बिरुद अभियान - साउन ४ - बिर्तामोड । शारीरिक रुपमा अशक्त भएका बिक्रम दर्जी गत असार १४ गतेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न गए । उनले भोट हालेको तस्वीर दमकका पत्रकार अर्जुन राजबंशीले जब कान्तिपुरमा पठाए, तब उनको फोटो भाइरल बन्यो । त्यहीँ विक्रमले भोट हाल्दै गरेको तस्वीर काठमाडौंका पत्रकार अपांगता सरोकार.कमका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमा शेयर गरे ।त्यो समाचाार सामाजिक सञ्जालमा पढेपछि पोखराकी सामाजिक कार्यकर्ता सरिता गुरुङले आफ्नो पहलमा हङकङ बस्ने रामकाजी र प्रभातमार्फत  ह्वीलचेयरका लागि पहल गरिन् ।  सामाजिक कार्यकर्ता सरिताकै पहलमा व्हीलचेयर झापासम्म पठाइयो । ह्वीलचियर विक्रमको घरसम्म लगेर हात लगाइदिने जिम्मेवारी मिल्यो झापाका पत्रकार तीर्थ सिग्देललाई ।
पत्रकार सिग्देललाई विक्रमलाई भेट्नै केही दिन लाग्यो । शिवसताक्षीमा घर भए पनि पछिल्लो समय उनी कमल गाउँपालिकाको केराधाप भन्ने स्थानमा बसोबास गर्दा रहेछन् । मंगलबार कमल गाउँपालिकाकी प्रमुख मेनका काफ्ले र पत्रकार सिग्देलले विक्रमलाई उक्त ह्वीलचेयर संयुक्त रुपमा हस्तान्तरण गरे ।‘झट्ट हेर्दा यो सामान्य सहयोगजस्तो देखिए पनि कसैको जीवनमा ठूलो महत्व राख्दो रहेछ,’ ह्वीलचेयर हस्तान्तरणपछि पत्रकार सिग्देलले भने, ‘अब विक्रमलाई यतउती जानलाई कसैको भर पर्नु पर्दैन ।’पोलियो रोगका कारण आजसम्म खुट्टा टेकेर हिँड्न नसकेका झापा शिवसताक्षीका विक्रम दर्जीले मंगलबार ह्वीलचियरको साहारा पाए । जीवनमै नसोचेको कुरा एक्कासी प्राप्त गर्दा विक्रम दंग छन् ।
पत्रकार सिग्देललाई विक्रमलाई भेट्नै केही दिन लाग्यो । शिवसताक्षीमा घर भए पनि पछिल्लो समय उनी कमल गाउँपालिकाको केराधाप भन्ने स्थानमा बसोबास गर्दा रहेछन् । मंगलबार कमल गाउँपालिकाकी प्रमुख मेनका काफ्ले र पत्रकार सिग्देलले विक्रमलाई उक्त ह्वीलचेयर संयुक्त रुपमा हस्तान्तरण गरे ।‘झट्ट हेर्दा यो सामान्य सहयोगजस्तो देखिए पनि कसैको जीवनमा ठूलो महत्व राख्दो रहेछ,’ ह्वीलचेयर हस्तान्तरणपछि पत्रकार सिग्देलले भने, ‘अब विक्रमलाई यतउती जानलाई कसैको भर पर्नु पर्दैन ।’
विभेद बिरुद्ध अभियान
पोलियो रोगका कारण आजसम्म खुट्टा टेकेर हिँड्न नसकेका झापा शिवसताक्षीका विक्रम दर्जीले मंगलबार ह्वीलचियरको साहारा पाए । जीवनमै नसोचेको कुरा एक्कासी प्राप्त गर्दा विक्रम दंग छन् ।विक्रमले जन्मेदेखि खुट्टा टेकेका छैनन् । उनका दुवै खुट्टा लुला छन् । हातमा चप्पल लगाएर घस्रिएर हिँड्ने उनलाई यो ह्वीलचियर जीवनकै अमूल्य उपहार बन्यो ।पोखराकै सामाजिक कार्यमा संलग्न सरिता गुरुङको पहलमा पोखरा घर भई हाल हङकङमा बस्दै आएका रामकाजी गुरुङ र प्रभता गुरुङले विक्रमलाई ह्वीलचियर पठाइदिएपछि बिक्रमको दैनिकी नै फेरिने भयो ।
घरको बरण्डामा विक्रमले लुगा सिलाइरहेका ठाउँमा पत्रकार सिग्देल, गाउँपालिका प्रमुख काफ्ले तथा छरछिमेकीहरु ह्वीलचियर लिएर पुग्दा विक्रम भावुक बने । ‘मैले सोचेकै थिइनँ ह्वीलचेयर पाउँछु भनेर,’ उनले भने, ‘आज म एकदम खुशी छु, योभन्दा खुशी अरु के कुरामा हुन सक्छु र !’विक्रमलाई ह्वीलचेयर हस्तान्तरण गर्न प्रमुख अतिथि बनेर पुगेकी कमल गाउँपालिकाकी प्रमुख मेनका काफ्लेले सरकारले गर्नुपर्ने काम हङकङका नेपालीले गरेको भन्दै खुशी व्यक्त गरिन् ।‘हङकङमा दानवीर नेपाली पनि बसेका रहेछन, जसले विक्रम दर्जीलाई ह्वीलचियर पठाइदिए,’ उनले भनिन, ‘संसारका जुनसुकै कुनामा पुगे पनि, कुनै नाता सम्बन्ध नपरे पनि एक नेपालीले अर्को नेपालीलाई सहयोग गरेको पाउँदा मलाई अत्यन्तै खुशी लाग्यो ।’

No comments:

Post a Comment