जलेर गम्भीर घाइते भएकी साबित्रा परियारको उपचार काठमाडौ निशुल्क हुने भो

विभेद बिरुद्ध अभियान - साउन १० -  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नं. २ ढाकावाङकी एक आगोले जलेर गम्भीर घाइते किशोरीको आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्दा परिवारले भैरहवाबाट फिर्ता गरी पुन: अर्घाखाँची ल्याएका छन् ।

साविक ढाकावाङ-८ नरसिंहधाराकी १६ बर्षिया साबित्रा परियार आगोले जलेर गम्भीर घाइते भई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारपछि बुटवल पठाइएको र बुटवलबाट थप उपचारको लागि भैरहवा पठाएकोमा आर्थिक अभावका कारण उपचारको क्रममा परिवारले पुन: अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएका हुन् ।बुटवल, भैरहवामा उपचार गर्दा ऋण खोजेर लगेको ७० हजार पनि सकिएर अस्पतालले पैसा बिना थप उपचार हुन नसक्ने भने पछी उनीकी आमाले छोरी सावित्रालाई फर्काएर अर्घाखाँची अस्पतालमा ल्याउन वाध्य भएकी हुन् ।

स्थानिय विधालयमा कक्षा ९ मा पढदै गरेकी साबित्रा १५ दिन अगाडि आफ्नै घरमा ग्यास बाली नास्ता पकाउन खोज्दा पहिले नै ग्यास लीक भएको कारण एक्कासी जलेर गम्भीर घाइते भएकी थिईन् । उनको पुरा शरिर जलेको छ ।
आज मात्र पत्रकार जित ब. खनालले सहयोगी बाट उठेको रकम हस्तान्तरण गरेर निशुल्क उपचारका लागि काठमाडौमा  ब्यबस्था मिलाइएकोले साबित्रा परियार र निजको आफन्त लाइ काठमाडौ पठाईएकाे जानकारी दिनु भयाे ।

No comments:

Post a Comment