अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्ष १३ हजार दिएर उम्किए


प्रेम सुनार, विभेद बिरुद्ध अभियान - गुल्मी, २०७४ साउन ६ । गाउँ कार्यपालिकाको पहिलो बैठक बस्नु अघि नै एक जना अपाङ्ग दलितलाई कुटपिट गरेका गुल्मीको चन्द्रकोट गाउँपालिकाका एक जना वडाध्यक्ष १३ हजार ७ सय १० जरिवाना तिरेर उम्किएका छन् ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ५ ग्वाघाका नव निर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले साउन १ गते दिउँसो स्थानिय अपाङ्ग दलित मानबहादुर बिकलाई उनकै घरमा गएर कुटेका थिए ।
त्यस विरुद्ध पिडितले ईलाका प्रहरी कार्यालय चन्द्रकोटमा उजुरी दिएका थिए । सो कार्यालयले हिजो दुवै पक्षलाई बोलाएर राखेको छलफलमा ठुलो समुहले दलित भएर दलितको ठाउँमा बस्नु प-यो , मुख सम्हाल्नु प¥यो भनेर हप्काएको र पिटाई खाने दलितले बढि बोलेको भन्दै माफी समेत मगाएको बुझिएको छ ।
छलफलमा सहभागी एक दलित अगुवाले भने –‘ घाईते बिक गाउँमा अरु संग पनि बढि बोल्ने गरेको आवाज लिएर धेरै जना ओईरिएका थिए , नव निर्वाचित वडाध्क्षको पार्टी विरुद्ध चुनावताका पनि नारावाजी गरेको भन्ने सुनियो , मुख सम्हाल्नु पर्ने दवाव पनि बढि आयो त्यसैले कुटपिट पछि उनि वुटवल सम्म जातेआते गरेको र उपचार खर्च जोडेर १३ हजार ७ सय १० पीडितलाई दिलाउने र एक महिना पछि थप उपचारको जिम्मा समेत वडाध्यक्ष पुनले लिनु पर्ने सहमति गरिएको हो, ठुलो समुहका सामु हाम्रो केहि लागेन । ’
यस सम्वन्धमा जिज्ञाषा राख्दा चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले त्यस्तो सहमति भएको तर मिलापत्र अझै नभएको बताए । पीडित बिकले पनि अव बढि नबोल्ने , पीडक वडाध्यक्षले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमयाचन गरेको उनले बताए ।यस घटनाका सम्वन्धमा त्यस भेगका दलितहरुले चिन्ता व्यक्त गरेका छन् । अव आफैले जिताएका वडाध्यक्षले नै दलितहरुलाई कुटपिट गर्ने र पैसा तिरेर उम्कीने हो भने अरु सर्वसाधरणबाट कुटिदा त झन गुहार नै नपाउने हो कि भन्ने चिन्दा बढेको त्यहाँका दलितहरुको चिन्ता रहेको छ ।

चन्द्रकोट कार्यपालिकाको पहिलो बैठक समेत बस्न नपाउँदै पञ्चायती शासनकालका शासकहरुका विरुद्ध वोले बापत डिग्नो–मुड्की सहे जस्तै अव पनि त्यस्तै शासन सहनु पर्ने हो कि भन्ने चिन्ता त्यहाँका दलितहरुले नाम नवताउने सर्तमा व्यक्त गरे ।
उनिहरुले यसै समाचारदाताले केहि दिन अघि लेखेको फिचर स्टोरीमा क्षेत्र नम्वर १ का दलितहरुलाई चर्को स्वरमा बोल्न पनि डर हुने गरेको कुरा सहि भएको बताए ।

वडाध्यक्ष पुन नेकपा एमालेबाट विजयी भएका हुन् । एमालेले जिते खरका छाना भएकाहरुलाई जस्ता पाता र बृद्धहरुलाई मासिक ५ हजार चुनाव प्रचारका क्रममा दिन्छौं भनेको र त्यो नदिए जनताले कालो मोसो दल्छन् भनेर बिकले स्थानिय एक महिला संग गरेको कुराकानीबाट आवोसमा आई वडाध्क्ष पुनले उनलाई कुटेको बताईएको ई-बागलुङमा खबर छ ।

त्यही भेगमा दलित विरुद्ध यस्ता घटना 
त्यसो त सोही भेगको जयखानीमा एक दलित महिलालाई मजदुरी गर्नबाट समेत बञ्चित गर्ने प्रयास गरिएको छ । स्थानिय एक मगर समुदायका व्यक्ति र ती दलित महिलालाई अनुचित सम्वन्ध राखेको भन्दै स्थानियले पक्राउ गरेका थिए । तर पछि ती पुरुषलाई भगाईयो । त्यस विरुद्ध पीडित दलित महिलाले जिल्ला अदालतमा मुद्दा दिएकी थिईन् । अदालतले उनिहरु विचको सम्वन्ध ठहर हुन नसकेको भन्दै फैसाला ग¥यो । अहिले ती दलित महिला अलपत्र पर्दै र गुहार पाईन भन्दै रुँदै हिडेकी छिन् ।
यसबाट विरक्त ति दलित महिला गत वर्षको तिहारमा सोरोठी समुहमा सहभागी हुन चाहिनन् । त्यस विरुद्ध स्थानियले उनलाई कसैको घरमा निमेक मजदुरी गर्न नदिने बन्देज लगाएको पीडित महिलाले बताईन् ।

उनि एकल दलित महिला संग वैवाहिक सम्वन्ध स्थापित गर्छु भन्दै वर्षऔं देखि यौन सम्वन्ध राख्दै आएका ती मगर समुदायका एकल पुरुष अहिले अर्कै स्थानमा बस्दै आएका छन तर फरार भनेर त्यहाँका हर्ताकर्ताहरुले अदालतमा बयान दिएको बताईएको छ ।
त्यसै क्षेत्र नम्वर १ मा गत वर्ष गैह्र दलित महिला संग प्रेम सम्वध राखेको भन्दै एक जना ८२ वर्षिय दलित बृद्धलाई वनवास पठाईएको थियो । पछि अधिकारकर्मीको पहलमा उनलाई गाउँ फर्काएर ‘एक हातमा लौरो साहरा , एक हातमा श्रीमति, ती ८२ वर्षिय बृद्धको विवाहमा सिडियो प्रमुख अथिती ’ बनाएर स–सम्मान घर भित्राईएको थियो ।
अहिले पनि क्षेत्र नम्वर १ का दलितहरुलाई बढि बोेलेको खण्डमा खानेपानी रोक्का गर्ने , सामाजिक सहभागीतामा बञ्चित गर्ने जस्ता राणकालिन हैकम दिने गरिएको बताईएको छ ।
पछिल्लो चरण बढि बोलेकै कारण जिम्मेवार जननिर्वाचित प्रतिनिधीबाटै कुटाई खानु पर्छ भने त्यहाँका दलितहरुको अवस्था के होला ? सहजै बुझ्न सकिन्छ कि त्यहाँका दलितहरु अहिले पनि राणाकालिन दमन शोषणमा रहेका छन् ।
यस विषयमा चन्द्रकोट गाउँपालिका मात्र होईन , कालिगण्डकी र सत्यवती गाउँपालिकाले समेत सामाजिक न्यायका विषयमा गम्भीरता पुर्वक सोच्न जरुरी छ । क्षेत्र नम्वर १ पार गुल्मी भनेर चिनिन्छ । त्यहाँका जनता प्रशासनको पहुँचमा कमै मात्रमा रहेका छन् ।

अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्षलाई कार्वाही गर्न आयोगको माग

केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक बहाददुर पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका दर्जनौ मानवअधिकार संघ संस्थाको ध्यान आकृष्ट गरेको जनाईएको छ।त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका बडागाउंमा जातीय विभेदका कारण कुटपटि भएको घटना छानविनका लागि अध्यामयन गर्न आएको नेपाल राष्ट्रिय दलित आयोग लगायत एक दर्जन संघ—संस्थका अधिकारकर्मीले आजै जिल्ला प्रशासन गुल्मीमा आई चन्दकोट ५ का वडाध्यक्ष टेक बहादुर पुनले स्थानीय दलित अपाडड्डग मान ब। बिकलाई साउन १ गते घरमै पुगेर कुटपिट गुरेका थिए।
पिडीतले चन्दकोट इलाका प्रहरी कार्यलयमा त्यस बिरुद्ध उजुरी दिएको र हिजो चन्दकोट प्रहरी कार्यलयमा पिडीतलाई १३ हनार ७ सय १० रुपियां दिएर मिलाईएको थियो।
जनप्रतीनिधिहरुले गल्ती गरे सर्वसाधारणले पाउने सजाय वा जरिमाना हुंदा हुंदै पनि उनलाई सामान्य उपचार खर्च दिईएर मिलाईएको प्रति आयोगले गम्भिर आपत्ती प्रकट गरेको छ। आयोगका माननिय सदस्य मनजित विश्वकर्मा सहितको टोलिले पुनः छानविन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ।
टोली केहि दिन अगाडि गुल्मीको मुसिकोट नगरपालिकामा पसलमा खाना खाएको भांडा नमाझेको भन्दै स्थानीय कणं ब। नेपालीलाई निर्घात कुटपपिट भएको सम्बन्धमा सत्य तथ्य बुझन घटना स्थलमा पुगेको छ।

No comments:

Post a Comment