सहयोग जुटेपछि शिला नेपालीको पेटमा रहेको ट्युमरको सफल सल्यक्रिया भयो

विभेद बिरुद्ध अभियान -असार २१ । ६ जना डाक्टरको टोलीले झन्डै ३ घन्टा लगाएर ७ केजीको ट्युमरको शल्यक्रिया गरेका छन् । कान्ति बाल अस्पतालका चिकित्सकको टोलीले प्युठान घर भएकी १० बर्षिया बालिका शिला नेपालीको पेटमा रहेको ट्युमरको मंगलबार सफल सल्यक्रिया गरेका हुन् ।
रेट्रोपेरिटोनियल टेराटोमा नाम दिइएको उक्त ट्युमर निकै दुर्लभ मानिन्छ र यस्तो समस्या विश्वमै २÷३ प्रतिशत मानिसमा मात्र देखिन सक्ने संभावना रहेको अपरेसन ईन्चार्ज प्रोफेसर डाक्टर आर पी चौधरीले बताएका छन् ।
बालिकाको पेट सानै उमेर देखि दुख्ने गर्दथ्यो । ट्युमर भएकी शिलाको आमाबुबाले उनी ८ महिनाको हुँदै पेट बढ्न थालेको थाहा पाए पनि आर्थिक र चेतना अभावले उनीहरु १० वर्षपछि मात्र  विभिन्न संघसंस्थाको सहयोगमा उनलाई कान्ति बाल अस्पताल ल्याइएको हो ।

चिकित्सकहरुका अनुसार बालिकाको उमेर अनुसार उनको वजन निकै कम रहेको जनाएका छनु । शल्यक्रिया पश्चात बालिकाको अवस्था सामान्य रहेको र उनी केही दिनमा पूर्ण रुपमा स्वस्थ हुने अनुमान चिकित्सकहरुले गरेका छन् ।डा. चौधरीले शिलाको पेटमा भएको ट्युमर सबै निकालेर फ्याँकेको जनाउँदै क्यान्सरको सम्भावना छ कि भनेर बायप्सी गर्न पठाएको बताए। डा. चौधरीले बच्चाको पेट अस्वभाविक बढ्न थाले ट्युमर हुन सक्ने खतरातर्फ सचेत भई बेलैमा उपचार गराउन ल्याउनुपर्ने सुझाव दिए।

No comments:

Post a Comment