सम्पर्कविहीन भएकी देवी विश्वकर्माको अर्धनग्न अवस्थामा शव फेला

विभेद बिरुद्ध अभियान - खोटाङ, साउन ६ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा मृत फेला परेकी छन् ।
माइतीघरबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएकी विश्वकर्मा बिहीबार जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेस्थित नेप्टे भन्ने जंगलमा नग्न अवस्थामा मृत भेटिएकी हुन् ।
विश्वकर्माको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मर मुनिको कपडा नभएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय, चिसापानीका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।
माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कने क्रममा विश्वकर्मा बुधबारदेखि परिवारसँग सम्पर्कविहीन बनेकी पारिवारिक स्रोतले जनाएको छ ।
मृतक महिलाका श्रीमान् भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको स्थानीयवासीले बताएका छन् । विश्वकर्मा दम्पतीका एक छोरा र पाँच छोरी छन् ।

No comments:

Post a Comment