धनगढी उपमहानगरमा कांग्रेस विजयी, वड बने पहिलो दलित मेयर

विभेद बिरुद्ध अभियान - धनगढी, २४ असार । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका प्रत्याशी विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाउनुभएको छ । वड उपमहानगर प्रमुख हुनेमा पहिलो दलित हुनुुहुन्छ ।
उपप्रमुखमा कांग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाउनुभएको छ ।
छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् ।
को हुन्  नृपबहादुर वड
स्वतन्त्र उम्मेदवार गोपाल हमालसँगको रोमाञ्चक चुनावी प्रतिस्पर्धाबाट बल्ल आज मुक्ति पाएका नवनिर्वाचित धनगढी प्रमुख नृपबहादुर वडको पुर्खौली घर एमालेका उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामको घुघुँरकोट हो ।नेपाली कांग्रेस धनगढी नगर सभापति समेत रहेका वडको स्थायी बसार्इ भने हाल धनगढी–६ रहेको छ । धनगढीकै एक विद्यालयबाट आइसम्म मात्रै उनले अध्ययन गर्न भ्याए ।विद्यार्थीकालदेखि नै राजनीतिमा रुचि राख्ने उनी वि.स.२०४६ सालमा कांग्रेसको भ्रातृ नेवि संघबाट राजनीतिक यात्रामा हाम फाले ।
नवनिर्वाचित उपमहानगरपालिका प्रमुख वडको पारिवारीक पृष्ठभूमि सामान्य नै थियो । वडभन्दा पहिले उनको परिवारमा राजनीतिमा कसैले यात्रा थालेका थिएनन् ।विभिन्न व्यक्तित्वका प्रेरणा तथा विद्यार्थी आन्दोलनले उनीमा राजनीतिमा लाग्ने मोह पलायो । वि.सं २०४६ सक्रिय रहे । त्यसताका उनी वडा सभापति हुँदै नगरसचिव र सभापतिसम्म हुनुभयो ।
वड दलित समुदायबाट राजनीतिमा पाइला टेकेका व्यक्ति हुन् । विभिन्न कष्ट र दबाबका बीच उनले यो स्थानसम्म पुग्न सफल भएका छन् । उनी कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य समेत छन् ।

No comments:

Post a Comment