इटहरीमा डिएसपीको दादागिरी,माथिल्लो जातकीकेटीसंग लभ गरेको भन्दै दलित युवालाई यातना

विभेद बिरुद्ध अभियान - साउन १० - इटहरी - दलितलाई दवाएर जातीय भेदभाव चर्काउन प्रहरी प्रशासन नै सकृय रहेको इटहरीको एउटा घटनाले पुष्टि गरेको छ । इटहरीको ज्योती माबिमा कक्षा १० मा पढने मनोज बिक र अनिता शर्मा(नाम परिबर्तन)आइतबार बिहान मर्निङ वाकमा रहंदा आपसमा भेट गरे । जनता बस्तीबाट हलगडा निस्कने बाटोमा बिहान संधै हिडने क्रम उनीहरुको नयाँ होइन । पढनमा लगनशील मनोज बिहान पत्रिका पनि बितरण गर्छन । सखारै उठेर हिडने र आमाबाबालाई काम सघाएर कापीकलम आफै किन्न पत्रिका बेच्ने मनोज समाजमा सरल र इमान्दार छन । बाटोमा अरुसंगै मर्निङ वाकमा आफनै कक्षाकी साथी भेटिए पछि मनोजसंग बोल चाल भयो । बाटोको एउटा घरको बलेसीमा उभिएर कुरा गर्दै गर्दा प्रहरीले अकस्मात समातेर दुरब्यबहार गर्दै मनोज र उनकी साथीलाई हलगडा प्रहरी चौकीमा लगे ।त्यसपछि मनोजलाई लछारपछार गर्दै इटहरी थानामा लगियो । 

गाउंलेहरुले अनैतिक काम गर्ने जोडी छन भनेर फोन गरे पछि प्रहरी आएको भन्ने झुठो आरोप लगाएर मनोजलाई कामी र सामी भन्दै कुटपिट भयो । केटीलाई अलग्गै राखेर पुलिसले बोल्न दिएनन । एकछिन पछि केटीको घरमा फोन गरि आफन्त बोलाएर जिम्मा लगाइयो भने मनोजलाई डिएसपी नरेश सुबेदी आफै लागेर गाली गलौज गर्दै सार्बजानिक मुद्धा लगाएर म्याद थप गराउन जिल्ला अदालत इनरुवा लगेको गणराज्य नेपाल दैनिकमा खवर छ  । 

निर्दोष मनोजलाई तथानाम जातजाती जनाउने गाली गर्दै यातना दिए । आफन्तको कुरा सुन्दै नसुनी हप्कीदप्की गरेर पठाएका छन । कामी भएर ठुलो जातकी केटीसंग लाग्ने भन्दै हप्काएको पिडित आफन्तले बताए । आफनो छोराकी साथीको घरमा गएर उनकी आमा मिना लाई भेटदा छोरीको गल्ती नभाको र कसैको बिरुद्ध उजुरी पनि नगरी घरआएको बताएकी छन । छोरी संधै बिहान घ’म्ने र आफनो रुममा आएर पढने गरेको बताएकी थिइन ।
आमासंग यो संबाददाताले फोन गरि बुझदा पनि छोरीबारे कसैसंग कुनै उजुरबाजुर गर्नु पर्ने कारण नरहेको बताएकी छन । उता डिएसपि नरेश सुबेदीलाई दलित युवालाई किन मुद्धा लगाएको भनि प्रश्न गर्दा महिलालाई दुरब्यबहार गरेको कारण बताए । म एक छिनमा तपाईंलाई फोन गर्छु तर उनले १ घण्टा सम्म फोन गरेनन । गणराज्यले पुन यसबारेमा प्रश्न गर्दा म काममै छ ु । एकछिनमा जानकारी गराउंछु भनेर फोन राखे । तर यो समाचार तयार पारुन्जेल सम्म फोन गरेका छैनन । यसैबाट पनि पुष्टी भयो मनोज बिकलाई कामी भनेर फसाउन डिएसपी आफै लागेका छन । मनोजलाई गणराज्यले हिजो साँझ हिरासतमै पुगेर सोधखोज गर्दा बिहान साडे ३ बजेतिर मर्निुङ वाकमा जाँदा कक्षाकी साथीलाई भेटेर बोलेको मात्रै हो । अन्य कुनै नराम्रो गरेको छैन भन्ने बयान दिएका छन । कसैको उजुरबाजुर बेगर डिएसपी साहेवले नाबालक बिकलाई फसाएकोमा इटहरीका न्ययप्रेमी दलितहरुको चित्त फाटेको छ । गरिव दलितले हिंडन डुल्न र बोल्न पनि नपाउनु कस्तो शासन हो ?यसको बिरोधमा आबाज उठाउनु जरुरी छ । मनोजका आफन्तले यसो भन्दै रोष प्रकट गरेका छन ।

No comments:

Post a Comment