खोटाङमा अन्तरजातीय विवाह गर्ने सात जोडी सम्मानित

विभेद बिरुद्ध अभियान - असार ३० । खोटाङमा अन्तरजातीय विवाह गर्ने सात जोडीलाई सम्मान गरिएको छ ।
अन्तरजातीय विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो ।

मञ्चले रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार बिक र ईश्वरी सुवेदी, रुपाकोट–मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र बिक र शुशीला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको हो ।

अन्तरजातीय विवाह गरेर उनीहरुलाई सम्मानस्वरुप जिल्ला समन्वय समितिले एकमुस्ट २५ हजार प्रदान गरेको मञ्चका अध्यक्ष चाहारले बताए ।

No comments:

Post a Comment