काठको पुल भाँचिदा ४३ वर्षीय हुमबहादुर परियारलाई खोलाले बगायो

विभेद बिरुद्ध अभियान - साउन ४ - जाजरकोट । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ।
टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार खोलामा परेका थिए। करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले जानकारी दिए ।
पक्की पुलको माग गर्दै आएका यहाँका स्थानीयवासी काठद्वारा निर्माण गरेको पुलको सहारामा खोला वारपार गर्ने गर्दथे । 

No comments:

Post a Comment