पुर्पुरोमा हात राख्ने कि समय हुदै अघि बढ्ने ? - गोपाल शिवा

विभेद बिरुद्ध अभियान , साउन ३- करिब तीन हजार बर्ष अघि देखि निरन्तर रुपमा चल्दै आएको कुप्रथाले दलित बनाईएकाहरु देशका कुना कुनामा सबै आ-आफ्नो कर्म र भाग-भोग अनुसारको विभेद र उत्पीडनमा चेपिदै जीवन बाँच्दै थिए। त्यस पछी हाम्रो देशमा धेरै ठुला ठुला राजनीतिक परिवर्तनहरु भए जसमा जातीय छुवाछुत, जातपात र सामाजिक विभेद लादेर राजनितीक, समाजिक, साँस्कृतकि लगाएतका जीवनका सवै क्षेत्रमा वञिचतकिरण भोग्न वाध्य वनाईएकाहरु जानेर र अन्जानमा आफै बन्दुक बोकेर अघि लागेर हिडे पछी युगौ देखि उत्पीडन र विभेदमा परेका दलितहरुका आवश्यकता र प्राथमिकताका विषयवस्तु फेरिए ।

समाज परिवर्तनको विषयलाई हेर्दा जतिपनि परिर्वतन भएका छन्, यि सबै परिवर्तनका पछाडि अनेकन पक्षको भूमिका रहने कुरालाई सहर्ष स्वीकार गर्नुपर्ने हुन्छ। ७ दशक भन्दा अघिदेखी नै नेपालको धर्तिमा दलित समुदाय आफ्नो हक–हितका लागी आन्दोलमा निरन्तर सहभागि भएको पाईन्छ । जे भएपनि अहिले सम्मका उपलब्धिको जस यिनै अग्रजहरुलाई दिनै पर्छ । तर पछिलो समय दलित समुदायको हक अधिकारमा र समृद्धिमा सरोकार राख्ने दलित समुदायका युवा जमात एकताको जप गर्दै अहमताको भरमा बेसुरा हुदै हिडनेक्रम बढ्दो छ । यी दलित युवा  पुस्ता यसरि नै नसच्चिए हामीले पाएको हक अधिकारलाई संस्थागत हुने भन्दा पनि पतनुन्मुख हुँदै जानेछ भन्दा कसैको चित्त नदुखोस । किनकी धेरै पुराना कुरा कोट्याई रहनु पनि शायद आवश्यक नपर्ला हामीले गएको केहि वर्षमा के भोग्यौ र के देख्यौ त्यो बिर्सिहाल्ने खालका छैनन् । लक्ष्मी परियार , अजित मिझार र त्यस अघिका अमानविय घटना देखि केहि दिन अघि कर्ण बहादुर नेपालीले होटलमा दलित जात भएकैले पैसा तिरेर खादा पनि भाँडा माझ्नुपर्ने भन्दै कुटिएको र  जवर्जस्ती करणी गरि गर्भवती बनेकी बालिका साधनालाइ केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै धम्की दिएर गाउँनिकाला गरि दिएको घटना हेर्दा हजारौ बर्ष अघि देखि सामाजिक तथा परम्परागत दृष्टिकोण र  ब्यबहारहरु दलित समुदायमाथि एक पछी अर्को गरेर समाजका केहि तत्वहरुले फेरी दलित समुदायलाई अमानविय र अपहेलनाको पात्रको रुपमा लिदैछन भन्ने प्रस्ट हुन्छ ।  यस्तो परिस्थितिमा यो समाज लाइ सुधार गर्न  तिम्रो र मेरो भन्ने अहमताको धरातलबाट एक कदम माथि उठेर हाम्रो भन्ने भावनामा दलित युवाहरु समाहित हुदै अघि आउने प्रयास गरिनु पर्दछ ।  

एका तिर ठुल ठुला राजनीतिक परिवर्तन भएको नेपाली समाजमा युगौ देखि उत्पीडित तप्काका समाजले खोजेको जस्तो परिबर्तन अझै हुन सकेको छैन ।  लोकतन्त्रलाइ आत्मसाथ गरेको नेपाली समाजले दलित समस्याको जिम्मेवारी राज्यले लिनुपर्छ भन्नु को साटो आफ्नै आँखा अघि दलित समुदाय माथि सार्वजनिक रुपमा भएका अमानविय र कुर ज्यादतीलाई अनदेखा गरेर युगौ अघिको अमानविय सस्कारलाइ पुनराबृत गराउन समेत राजी देखिएको प्रतित हुन्छ ।अर्को तिर  हाम्रा पिडा र समस्याका अनुभूति गरेर निकासका लागि भन्दै दलित समुदायका टाठाबाठाहरुको योजनामा संगठित हुने र एक्य्बधता गरेर निर्वाद साथ दिएका छन् । तर पनि किन पछिलो समय दलित आन्दोलन जहींको त्यहीं छ ?जवाफ कसैलाइ थाहा छैन । हजारौ बर्ष देखि नपाएको हकअधिकारका लागि लड्ने भनेर अबिर जात्रा गर्दै खादा लाउदै , होहल्ला गर्दै खुलेका सस्थाहरु स्थापना भएका केहि महिना र बर्ष देखि नै नेतृत्व र अगुवा बिहिन हुन्छन । अगुवाहरु महिनौ सस्थाका योजना झोलामा बोकेर हराई दिन्छन  , भेटघाट देखा पर्दैनन्  , सामाजिक संजालका ग्रुप चाटमा आफै रिमुभ हुन्छन  अनि लास्टमा आफै राजिनामा दिएर एकताको अभियानलाइ आर्यघाटमा लगेर बिसर्जन गर्छन । दलित समुदायका टाठाबाठाहरुले कुन अभिप्रायले यस्ता सस्था खोलेको हुन्छन कुनी ?  काम गर्ने बेला यस्ता सस्थाहरु संधै बाउँठो कुरा र ब्यबहार मात्र गर्छन । ति सस्थाहरुको नाम सार्वजनिक गरिरहनु जरुरी छैन ।तर प्रस्ट र स्पस्ट हुनु होश कि अहिले सम्म खुलेका बहुसंखयक दलित सरोकारवाला सस्थाहरुमा घाम जत्तिकै छर्लंग यस्तै भएको छ । यिनको यहि ब्यबहारको परिणामले आज लक्ष्मी ,अजित खाने बाघले भोलि सिंगो दलित समुदाय माथि नै धावा नबोल्ला भन्न सकिन । त्यसबेला आफू हिँड्ने बाटामा आफैँ आची गरेर अरूलाई चोर औँला देखाएर मनुवाद र ब्राह्मणवाद  प्रवृत्ति बिरुद्ध लड्न लड्न बेलैमा जुट्न र एकता सकिएन भन्दै पुर्पुरोमा हात राखेर बस्न बाध्य हुनु पर्नेछ ।

अहिले सम्म खुलेका र जुटेका दलित संघ सस्थाहरुको यी सबै ब्यबहार हर्कतबाट दलित समुदाय यति निराश भैसकेका छन् कि एकताको ‘ए ’ सँग नै एलर्जी शुरु भएको छ । समाज संग राज्य संग लड्ने बेला दलित समुदायमा सुरु भएको एलर्जीलाइ सामान्य रुपमा लिनु हुँदैन, लिन सकिंदैन । हामीलाई हाम्रै टाठाबाठाहरुले यति कमजोर पारेका छन्  । हामि र हाम्रो समुदायका लक्ष्मी र आजितहरु मारिदा हामीलाई गोलबद्ध बनाइ प्रतिकार गराउनु साटो देखेको नदेखे झैँ गरेर भित्र भित्रै परियार समाज, बिस्वकर्मा समाज , मिझार समाज बनेर दलितहरु छिन्न भिन्न पार्दै गुम्सिन बाध्य पारे । यसरि समय हुदै बाध्य हुनु भनेको हाम्रा सन्तति सम्म दलितको ट्याग झुन्डाएर विभेद सहदै बाच्नु पर्ने प्रत्यक्ष र परोक्ष स्थिति सिर्जना गरिनु हो  ।

यहा लक्ष्मी अजित , कर्ण सार्की र साधानाका जस्ता कैयौ दलित समुदायका पीडा र तितापलहरु छन् जुन सामाजिक संञ्जाल र आम सञ्चारको भित्तामा देखिदैननन् र लेखिदैनन् । त्यसैले पलपल असफल बन्दै गएका दलित समुदायका एकताका पहलहरु र उत्पीडनका  पिडाहरु पुर्पुरोमा हात राखेर हैन त्यसलाई सच्याउन समय हुदै अघि बढौ  । नेपाली समाजमा गौडा गौडामा तिखारिएर बसेको छ विभेदजन्य विकृत पद्धतिको कुरा हामीलाई बिझाउँन र पिडा दिन भनेर । जसको खिल हामीले नै हाम्रो भातृत्व, एकताको भावनालाई आत्मसात गर्दै निकालौ । यसो गर्न सके हाम्रो एकताले दलित शक्ति बन्ने मात्र हैन समतामुलक नेपाली समाजको निर्माण र अधिकारप्रदत एक आम नेपाली सरह जीवन बाच्न पाउने हाम्रो सदियौं पुरानो सपना पनि पूरा गर्न सक्नेछौं ।

No comments:

Post a Comment