६९ वर्षमा एसइई पास गरेका दुर्गा कामीको पिडा..कसले सुन्ने ?
Monday, July 31, 2017
विभेद बिरुद्ध अभियान - साउन १६ – ६८ वर्षीय दुर्गा कामी नेपालमा चर्चित छन् । उनी सबैभन्दा बढी उमेरका छात्र हुन् । उनी हजुरबुवा बनिसकेका छन् । तर, उनले यो उमेरमा आएर पनि पढाइ पुरा गर्ने निर्णय गरेका छन् ।गरिबीको कारण कामी बालक अवस्थामा आफ्नो पढाइ पूरा गर्न पाएनन् । तर, अब उनी आफ्नो शिक्षक बन्ने लक्ष्य पूरा गर्न चाहन्छन् ।आफू अध्ययनरत स्याङजा जिल्लाको कालभैरव उच्च माविमा पुग्न उनले लठ्ठीको सहायताले एक घण्टा लामो यात्रा छिचोल्नुपर्छ ।
६ केटाकेटीका पिता र ८ केटाकेटीका हजुरबुवा दुर्गा कामीलाई पढाउने शिक्षक भन्छन्, ‘आफ्ना पिताका उमेरका मानिसलाई पढाउनु यो मेरो पहिलो अनुभव हो ।’दुर्गा कामीसँग पढ्नेहरु उनलाई बा भन्छन् । जसको नेपाली अनुवाद पिता हुन आउँछ ।
समाचार एजेन्सी रोयटर्सका फोटो पत्रकारलाई दुर्गाले बताए, ‘आफ्नो पीडा भुल्नका लागि स्कुल जान्छु ।’ पत्नीको मृत्युपछि उनी एक्लोपनबाट बच्न चाहन्छन् ।बढी उमेरका बाबजुद पनि उनी भलिबललगायतका स्कुलका सबै गतिविधीहरुमा भाग लिन्छन् ।
दुर्गा कामी भन्छन् कि उनी आफ्नो जिन्दगीको अन्तिम क्षणसम्म पढ्न चाहन्छन् । उनको आशा छ कि यसले अरु ब्यक्तिहरुको पनि पढ्नका लागि उमेरको छेकबार हट्नेछ र पढ्नका लागि प्रेरणा मिल्नेछ । छोरा बुहारीबाट हेलित भएर कसैको सहारा नपाए पछी म केहि गर्छु भन्ने जोश जागरका साथ कालाभैरव उच्च माविमा भर्ना भई अध्यन गरेका थिए। उनी एसईई परिक्षामा उत्रीण भएपछी निकै हर्षित छन्।उमेरले नेटो काटिसकेता पनि घर परिवार र समाजबाट कुनै किसिमको साहारा नपाएपछि समय विताउने माध्यमको रुपमा पढाई रोजेको उनी स्वयं बताउँछन् । फेदीखोला-३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातीनाकाका हजुरवुवा बनिसकेका छन भने दुर्गेकी श्रीमती १५ वर्ष पहिले नै बितेकी हुन् ।सुरुमा कक्षा ३ मा खहरे प्राविमा भर्ना भई पढ्न सुरु गरेका उनले कक्षा ६ देखि काला भैरव उच्च माविमा निरन्तर पढेपछि अहिले एसईई परीक्षा दिएका हुन । उनले एसईई परीक्षामा सफल भएपछी अब क्याम्पस पढ्न धेरै ठाउमा धाएको सुनाए ।क्यानाडा नेपाल संगको अन्तर्वार्ता लागू औषध कारोबारमा साइलो छोरा लाइ कतारमा मृत्यु दण्ड दिने खबरले दुखित बनेको दुर्गा कामीले छोरा बुहारीबाट हेलित भएर दिन रात भोगेको दुख र, सन्तानले गरेको अपहेलना र नागरिकता नपाएको एव पढ्न नपाएको कुराले सवै लाइ भावुक बनाएको छ ।
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
RECENTS-POSTS
1/random/post-list
NEWSLETTER
Get All The Latest Updates Delivered Straight Into Your Inbox For Free!
No comments:
Post a Comment