रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित

विभेद बिरुद्ध अभियान - काठमाडौं, साउन ५ः भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
बिहीबार भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका राष्ट्रपतिका उम्मेदवार कोविन्दले ६५ प्रतिशत मत पाउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनका प्रतिस्पर्धी युपीएकी उम्मेदवार मिरा कुमारले ३४ प्रतिशत मत पाए ।भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविन्दले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन् ।
कोविन्द र कुमार दुवै दलित समुदायका हुन् । कोविंद दलित समुदायबाट भारतको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रा व्यक्ति हुन्।कोविन्दले राष्ट्रपति प्रणव मुखर्जीलाई पदस्थापन गर्नेछन् । मुखर्जीको पदावधि यहि जुलाई २४ तारिख अर्थात ४ दिनपछि सकिदैछ । उनी २ पटक राज्यसभा सदस्य पनि भैसकेका छन् ।

No comments:

Post a Comment