सहारा विहिन वनेका आशिष परियारलाई सुन्दरी नेहा राईद्वारा आर्थिक सहयोग

विभेद बिरुद्ध अभियान , असार २०- सुनसरी/ हङकङवाट नेपाल आएर एकजना सुन्दरीले सहारा विहिन वालवालिकालाई सहयोग गर्नु भएको छ ।  मिस हङकङ नेपाल २०१६ फस्टरनरअप नेहा राईले सहाराविहिन वालवालिकाका लागि आर्थिक सहयोग गर्नुभएको हो  । उहाँले सहारा विहिन वालक आशिष परियारलाई अध्यन अध्यापनकालागि भन्दै १ लाख १५ हजार रकम हस्तान्तरण गर्नुभयो ।

इटहरीमा एक कार्यक्रम गरि रकम हस्तान्तरण गर्नुभएको हो । आमाको निधन भएको र वावु वेपत्ता भएपछि सहारा विहिन वनेका परियारलाई सुन्दरी नेहा राईले छात्रवृति उपलब्ध गराउनुभएको हो । यसैगरि उहाँले वैदेशिक रोजगारका क्रममा मलेशिया गएका वेला वुवाको उतै निधन भएको र आमाले पनि छोडेर हिडेपछि वेसहरा वनेकी सुप्रिया तामागलाई   १४ हजार रकम सहयोग गर्नुभयो । 

उहाँले आफू हडकडमै जन्मे हुर्के पनि मन भने नेपाली नै रहेको र नेपालमा आएर सहयोग गर्न पाउदा खुशि लागेको वताउनुभयो । आफू असहाय वालवालिकालाई सहयोग गर्न कै लागि नेपाल आएको पनि राईले जानकारी दिनुभयो ।

No comments:

Post a Comment