बालिका बलात्कार गर्ने ७० बर्षीय परियार गिरफ्तार

०७१ वैशाख १६ गते, तेह्रथम । एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा संक्रान्तिबजार गाविस-२ खेलपुर बस्ने ७० वर्षीय अम्मरबहादुर परियारलाई वैशाख १५ गते बेलुकी जिल्ला प्रहरी कार्यालय तेह्रथुमले गिरफ्तार गरी हिरासतमा राखेको छ ।
 
वैशाख १३ गते बालिकालाई आरोपित परियारले बेलुकी आफ्नो घरको काममा सहयोग गर्न बोलाएका थिए । पीडित बालिकालाई आरोपितले घरको ढोका थुनेर बलात्कार गरेको जानकारी पीडितले आफ्नो घरमा पुगेर अभिभावकलाई  दिएपछि पीडित परिवारले वैशाख १४ गते इलाका प्रहरी कार्यालय आठराईमा कानुनी कारबाहीको लागि उजुरी दिएका हुन् ।  
 
प्रहरीले आरोपितलाई तत्काल नै गिरफ्तार गरी जिल्ला प्रहरी हिरासतमा ल्याएको जानकारी प्रहरी सई जीवन बोगटीले दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण ईलाका स्वास्थ्य कार्यालय आठराईमा भएकोसोही स्थान बस्ने शिक्षक उमानाथ भण्डारीले बताए ।

No comments:

Post a Comment