पशुपति शर्माको गीतको विरोध किन भयो ? - ईश्वर वि.क.

प्रत्यक्ष रुपमा पशुपति शर्माकोहामी नेपाली हौंभन्ने गीतको विरोधी होइन तर हामीलाई एकताबद्ध बनाउन खोज्ने दलित साझा मञ्चले गरेको विरोधको अनुयायी भने भन्नै पर्छ साथीहरुले आत्मालाई साक्षी राखेर मानवताको भावनालाई नभुलेर सोच्नुहोस् एक वि.. (कामी) थरको मान्छे हुँ मेरो घर गुल्मी जिल्ला हो यदि मेरो घरभन्दा केही टाढा अर्घाखाँचीकै कुनै एक ठाउँमा गएर कुनै बाहुनको घरमा साँझमा बास माग्न जाँदा मैले मेरो जात बाहुन हो भने पनि उनीहरुले पत्याउँछन् मलाई बास दिन्छन् साथै मानवको व्यवहार गर्छन् किन भने मैले मेरो जात जबसम्म भन्दिनँ उनीहरुले मेरो जात के हो भन्ने कुरा मुख हेरेर भन्न सक्छन् मलाई काटेर रगत निकालेर जाँच गरेर भन्न सक्छन् आखिर भनेपछि मात्रै चिनिने यो जातको कारण हामी अझै पनि समाजमा निचोरिएर बस्नुपर्छ भने जात किन भन्ने भन्ने भावना आएको पक्कै पनि हो जब कि हामीले बाहुन हौं भन्दा भेदभाव सहनु नपर्ने, तर कामी हौं भन्दा भेदभाव सहनुपर्ने यो कस्तो विडम्बना  

क्याम्पसमा पढाउँदै गरेका लेक्चरहरुको व्यवहार पनि उस्तैघरमा आमा बूढी हुनुहुन्छ, त्यसैले मान्नुहुन्न भन्छन् आखिर हरेक पुस्ता बूढा हुनै पर्छ यसरी हरेक बूढा पुस्ताले सधै भेदभाव गर्ने हो भने दबिएकाहरु माथि उठ्नै सक्दैनन् नि होइन ? हामीलाई भित्रै चुलोमा पस्न पाऊँ तिमीहरुसँगै एउटै थालमा खान पाऊँ भन्ने मेरो इच्छा होइन, केबल भनेर मात्र थाहा हुने जाबे जातको आधारमा गरिने भेदभावले पुज्ने देवताबाट टाढा बनाउन भएन, सार्वजनिक ठाउँमा भेदभाव हुन भएन, धाराको पानी छोएपछि नचल्ने हुन भएन भन्ने मात्रै हो एक कम्प्युटर अपरेर समेत भएको हुँदा मैले कैयौं ब्राह्मणहरुको धार्मिक भजनसंग्रह (पुस्तक) टाइप गरी तयार गरें तर तिनै तयार पुस्तक हामीलाई छुन नदिंदा भन्नुहोस् के मेरो मन दुख्दैन ? अब पशुपतिको गीतको कुरा गीतले दिने सन्देश सही हो तर व्यवहार मुखमा रामराम बगलीमा छुरा जस्तो भने भएकै हो गीत देखाउनलाई मात्र गाइयो फेरि यो भनेर मात्रै थाहा हुने जातभातको कुरा गीतमा पनि राखियो जस्तै कामी, दमाई, सार्की एक हिसाबले यी जातका कुरा गर्दा हामीले गर्व गर्नुपर्ने, तर कामी दमाई भनियो भने मान्छेबाटै हेपिनुपर्ने  

गीत भनेको सयौं वर्षसम्म पनि रहिरहन्छ त्यसैले गीतमा भएको यसकिसिमको भेदभाव हुन्छ भन्ने कुरा पछिल्लो पुस्ताले पनि ताजै सुन्न पाउने मनन गर्ने हुँदा यो भविष्यमा पनि निर्मूल हुँदैन भनेर यस गीतको विरोध भएको हो भन्ने मलाई लागेको भनेपछि मात्रै थाहा पाइने, जाँचेर, हेरेर, सुँघेर, छामेर थाहा नपाइने यो जातपात भनेर हामी सधैं तपाईंका सामू निच दरिद्र हुनुपर्छ भने हामी त्यसलाई ढाँटेर आफ्नो पहिचान गुमाई मानव भएर बाच्न चाहन्छौं

No comments:

Post a Comment