साउदीमा नेपाली महिलालाई मृत्युदण्ड

साउदी अरब- साउदी अरबको एक अदालतले घरेलु कामदारको रुपमा रहेकी एक नेपाली महिलालाई मृत्युदण्डको साजाय दिएको छ। १५ महिना अघि दुई वर्षे बालक ओसमाबिनमाईद अल ईनिजको छुरी प्रहार गरेर हत्या गरेको अपराधमा तनहुँकी २६ वर्षिय शोभा परियारलाई सोमबार १०:३० बजे सिरछेदन गरेर मृत्यु दण्ड दिइएको हो।
सो कुराको पुष्टि रियाद स्थित नेपालीदूतावासले समेत गरेको छ। साउदी राजदूत उदयराज पाण्डेका अनुसार परियारलाई मृत्युदण्डबाट बचाउन सक्दो प्रयास गरिएको भएपनि मृतकबालकको परिवारले नमाने पछि उनलाई मृत्युदण्डको सजाय भएको हो।
घरेलु कामदारकी रुपमा भारत हुँदै साउदी अरब आएकी परियारले दिएको बयान अनुसार उनी कार्यरत घरकी मालिक्नीले उनीमाथी पटकपटक दूर्व्यवहार र कुटपिट गरेका कारण आवेसमा आइ उनले वालकको हत्या गरेकी थिईन। वालकलाई घरमा सुताएर परिवार वाहिर गएको समय पारी उनले वालकलाई बाथरुममालगी घाँटी रेटेर हत्या गरेकी थिईन। घटाएकोमा सजायकम गराउन र ब्लडमनि लिन नेपालीदूतावासले गभर्नर तहसम्म गरेको प्रयास बालकको परिवारले अस्विकार गरेको थियो। साउदी अरबको तल्लो अदालतले गरेको फैसलालाई पुनरावेदन र सर्वोच्च अदालतले समेत अनुमोदन गरेपछि शाही आदेश अनुसार उनलाई सोमबार अरर क्षेत्रमा तरवारले घाँटी काटेर मृत्युदण्ड दिईको आन्तरिक मन्त्रालयले जनाएको छ। मृतक परियारको शव साउदी सरकारले नेपाल नपठाई यही नै दफन गरेको छ।

No comments:

Post a Comment