अन्तरजातिय विवाह गर्दा तीन दलित परिवारको घरमा तालाबन्दी

सलमान खान
भदौ, कपिलवस्तु दलित युवकले अन्तरजातिय विवाह गर्दा कपिलवस्तुमा तीन दलित परिवार विस्थापित भएका छन्
कपिलवस्तुको लवनी- का २१ वर्षीय विनयकुमार हरिजन सोही स्थानकी १९ वर्षीया सीता चौधरीले गत साउन २१ गते भागेर विवाह गरेका थिए विनयकुमार सीताले भागी बिहे गरेपछि हरिजनका आफन्त विस्तावित भएका हुन्
केटी पक्षका परिवारले धम्की दिँदै केटाको घरमा ताला लगाएपछि हरिजानका काकाका परिवार गाउँ छोडेका छन् तीन परिवारका १६ जना थिए
प्रहरीकै अगाडि युवती परिवारले आक्रमणको प्रयास गरेपछि असुरक्षा महसुस भएको हजिनका काका रामनेवास हरिजनले बताए
आफु आफ्नो परिवारलाई लुकाउँदै हिडेको दिन भइसक्दा पनि प्रहरीले पनि सहयोग नगरेको उनको गुनासो उनले भने-’प्रहरी कै अगाडि ढुंगा-मुढाले आक्रमणको प्रयास गरेपछि प्रहरीले पनि घर छोडेर जान भन्यो
अन्य परिवार कहाँ छन् भन्ने प्रश्नमा उनले युवती परिवारको धम्कीपछि सबै घर छाडेर हिँडेको तर, कहाँ भन्ने बारे आफुलाई केही थाहा नभएको उनले बताए
विनयकुमार हरिजनकी काकी गीता हरिजनले भनिन्-’प्रहरी कार्यालय गयो भने उल्टै भतिजालाई उपस्थित गराउनु भन्छन् केटाकेटी कहाँ छन् भन्ने हामीलाई थाहा नभएपछि कहाँ बाट युवा युवतीलाई उपस्थित गराउने
इप्रका पकडीका इन्चार्ज एवं प्रहरी निरीक्षक श्रीराज कुँवरले प्रहरीले भने केटाकेटीको खोजी भइरहेको बताए उनले केटाकेटी राजीखुसीले विवाह गरेको भए घरमा बास्दा सुरक्षा दिन आफू तयार रहेको बताए
नन्दनगर माविको कक्षा १० मा अध्ययनरत विनयकुमार फेल भएर पुनः परिक्षाको तयारीमा थिए भने सीताले श्री छत्रपाली तिर्था देबि उच्च मा.बि. पकडीमा ११ मा पढि्थन्

No comments:

Post a Comment