दलित परिवारमाथि गालीगलौज गर्ने तीन पक्राउ

साउन, बिराटनगर अन्तर्जातीय विवाह गरेको विषयमा दलित परिवारमाथि जातीय गालीगलौज कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको
विराटनगर उपमहानरपालिका- गोकुल टोल बस्ने केशव मगरातीको परिवारलाई मध्यराति घरमै पुगेर जातीय गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा भीमप्रसाद खतिवडा, बाबुराम न्यौपानेसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको हो
प्रहरी नायब उपरीक्षक ढकालका अनुसार केशव मगरातीका २४ वर्षीय छोरा सुमन मगराती भीमप्रसादकी २० वर्षीया छोरी उर्मिला खतिवडा गाउँबाट हराएका थिए  उमेर पुगेका केटाकेटीहरुले राजीखुसी विवाह गरी अदालतमा नातासमेत कायम गराइसकेका छन्
तर, सोही विषयलाई लिएर केटी पक्षले सानो जात भएर ठूलो जातकी छोरी बिहे गर्न खोजेको भन्दै मगराती परिवारलाई भदौ गते राति प्रहरीसहित घरमै पुगेर गालीगलौज गर्दै कुटपिट गरेका थिए केटी पक्षले दलित भएकै कारण आफूहरुलाई कुटपिट गरेको भन्दै जातीय विभेद कुटपिट अपराधमा सोमबार प्रहरीमा किटानी जाहेरी दिएका थिए
प्रहरीले घटना मिलापत्र गराउन दबाब दिइरहेको तर आफूहरुले कानुनअनुसार कारबाहीको माग गरेको आफूलाई पीडित बताउने केशव मगरातीले बताए

रासस

No comments:

Post a Comment