जातभात प्रथा नामेट गरौं -- कृष्ण कुम्पुरे


हाम्रो देशको अन्तरकुन्तरमा अझै पनि जात अनुसारको कुवा, धारा वा इनार भएको साना जात भनिएकालाई ठूला जात भनिएकाको धारा, कुवामा पानी भर्न नदिने चलन बाँकी नै भन्ने सुन्नुपर्दा लाजै लागेर आउँछ। बिहीबारको कान्तिपुरमा बाजुरा जिल्लाको जयबागेश्वरीस्थित जात अनुसारको धारोको तस्वीरमा आँखा पुग्दा मेरो मनमा धेरै कुरा खेल्यो। जन्मदा सबै मानिस नाङ्गै जन्मिने हो।

काटे सबैको रगत रातो हुन्छ। भोक, तिर्खा, थकाइ निद्रा सबैलाई लाग्छ। बाहुन भनिएकाले जनै दलित भनिएकाले घन सियोधागो जन्मैदेखि बोकेर आएका हँुदैनन्। इतिहास हेर्दा आदिमकालका मानव सभ्यतामा जातभात भएको पाइँदैन। 

यो समाज विकासको क्रममा बलिया मानिसद्वारा कमजोर मानिसमाथि लादिएको अमानवीय चलनमात्र हो। लोहारले बनाएको मूर्ति पुजनीय हुन्छ भने मूर्तिको निर्माता लोहार कसरी अछूत हुन्छ? दलित बनाइएकाका घरमा पालिएका कुकुर घरमा पस्दा केही नहुने दलित बनाइका मानिस घरमा पस्दा किन विटुलो हुन्छ? धाराका पानी कसरी विटुलो हुन्छ?

No comments:

Post a Comment